चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । 

 

 

 

देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

 

 

 

तत्कालीन नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज ईश्वरी भट्टराईका अनुसार केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा नौ सदस्यीय सचिवालयमा परेका छन् । त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा (एमाले)बाट छजनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको उनले बताए । 

 

 

 

तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको भट्टराईले बताए । 

 

 

 

त्यस्तै तत्कालीन एमालेबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पौडेल, केशवलाल श्रेष्ठ र कृष्ण खनाल केन्द्रीय सदस्य बनेका छन्  । 

 

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । 


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 10 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 10 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 10 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।