वर्षा सुरू भएसँगै कृषकलार्इ राहत, चितवनमा धमाधम राेपाइँ सुरू

फाइल फाेटाे

चितवन । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ । 

 

चितवनको शक्तिखोरका किसान टीकाप्रसाद जमरकट्टेलले वर्षा नहुँदा रोपाइँ गर्न नपाएकोमा पर्याप्त पानी परेकाले खुशी बनाएको प्रतिक्रिया दिए ।

 

जिल्लामा वर्षा नहुँदा अहिलेसम्म करीब १५ प्रतिशत मात्रै रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय, चितवनका प्रमुख सुधीर श्रेष्ठ बताउँछन् । 

 

उनले अनुसार खेत गल्ने गरी वर्षा भएकाले अब धमाधम रोपाइँ हुने प्रतिक्रिया दिए । ‘चितवनका किसानलाई ठूलो राहत भएको छ’, श्रेष्ठले भने, ‘उनीहरु खुशी भएका छन् ।’ 

 

पूर्वी चितवन क्षेत्रमा झण्डै २५ प्रतिशत रोपाइँ भएको छ । भरतपुर क्षेत्रमा करीब पाँच प्रतिशतको हाराहारीमा रोपाइँ भएको अनुमान कृषि कार्यालयको छ । इच्छाकामना गाउँपालिकामा रोपाइँ हुन सकेको थिएन भने कालिका नगरपालिकामा ५÷६ प्रतिशतमात्रै रोपाइँ भएको छ । 

 

दक्षिणी भेग माडीमा अहिलेसम्म १२ प्रतिशत रोपाइँ भएको अनुमान छ । अघिल्लो वर्ष यो समयमा जिल्लामा करीब २५ प्रतिशत रोपाइँ सकिएको थियो । यस वर्ष पानी नपर्नाले रोपाइँ हुन सकेको थिएन । 

 

पानी परेपछि भने सुख्खा क्षेत्रमा समेत रोपाइँ हुनेछ । रत्ननगरका किसान कृष्ण आचार्य पानी नपर्नाले मानिसले लगाएको आलीसमेत सुकेर बसेका बेला पानीले राहत दिएको बताउँछन् । 

 

जिल्लामा यो वर्ष कूल २८ हजार ६०० हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । अघिल्लो वर्ष २९ हजार हेक्टरमा धान रोपाइँ भएकोमा यस वर्ष ४०० हेक्टर क्षेत्रफल घट्ने देखिएको कृषि कार्यालय प्रमुख श्रेष्ठ बताउँछन् । 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर