पटक–पटक कार र मोटरसाइकल चोरी गर्ने युवा पक्राउ

  • शुक्रबार, ९ जेष्ठ, २०७७
  • 2 days ago
  • नेपाल

धनगढी । धनगढीका कार र मोटरसाइकल चोरी गर्ने युवा पक्राउ परेका छन् । बिभिन्न स्थानमा कार र मोटरसाइकल चोरी गर्दै हिड्ने दाङको तुल्सीपुर नगरपालिकाका १६ वर्षीय नबिन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

कैलाली प्रहरीले दिएको जानकारी अनुसार नबिनले अहिलेसम्म १० स्थानबाट सवारीसाधन चोरी गरेको देखिन्छ। कैलाली प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बाट चोरी भएका दुईवटा कार सहित उनलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्दा नबिन सवारीसाधन चोरीका नाईके भएको खुलेको हो।

 

सार्की यसअघि पनि पटक पटक सवारीसाधन चोरीमा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए । बस्नेतका अनुसार पछिल्लो पटक धनगढी ४ का राजेन्द्र बहादुर मल्लको घर अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा बा.८ च. २१०० नम्बरको कार र  रबिन्द्रदेव भट्टको डेरा कोठा भएको घरको आगनमा राखेको हुन्डाई कम्पनीको बा. १४ च. ४७८१ नम्बरको गाडी चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।

 

तर उनले यसअघि काठमाडौँ सहित देशका विभिन्न जिल्लामा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन चोरी गरेको खुलेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। 

 

महानगरीय प्रहरी वृत महाराजगंज काठमाण्डौमा उनी र समिरनाथ योगी विरुद्ध रमन रेग्मीले पार्किङ गरी राखेको  बा ७१ प ७६३८ नम्बरको गार र नोलो रंगको क्रस फायर मोटरसाईकल चोरीको मुद्दा दर्ता गरेको देखिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । यस्तै गत वर्ष भदौँमा दाङबाट घरमा पार्किङ गरी राखेको लु १ च २६०३ नम्बरको सुजुकी कार, गत वर्ष साउनमै  दाङको  तुल्सीपुर उपमहानगरपालीका वडा नम्बर ५ बसपार्कमा जिवेश नाथ योगीले पसलको बराण्डामा पार्किङ गरी राखेको रा ३ प ९३४९ नम्बरको मोटरसाईकल चोरी समेत सार्कीले गरेको देखिएको कैलाली प्रहरीले जनाएको छ।

 

यसैगरी गत वर्ष भदौँमै सल्यान लुहामका सन्तोष रेग्मीको दुई सय २० सिसिको पल्सर मोटरसाईकल, धनगढी उपमहानगरपालिका  वडा ४ राजपुरमा पल्सर मोटरसाईकल र स्पेलेन्डर मोटर साईकल, धनगढी १ को शिवनगरमा ग्यारेजबाट स्पेलेन्डर मोटरसाईकल चोरीमा समेत उनको संलग्नता रहेको प्रवक्ता प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

 

पटक पटक चोरी संलग्न हुँदै आएका सार्की पक्राउ गरी मुद्दा समेत चलाउँदै आएपनि नाबालक भएकाले बाल सुधार गृहमा राखिदै आएको थियो। सुधार गृहबाट छुटेपछि पनि उनी चोरीमा संलग्न हुदै आएको प्रहरीले जनाएको छ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 7 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।