ISMT

HUB Education

चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई

  • सोमबार, ३० आषाढ, २०७६
  • 1 month ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । साउनको आगमनसँगै लहानमा हरियो चुरा, पहेँलो पोते र मेहन्दी किन्ने चटारो हिन्दू समुदायका महिलामा शुरु भएको छ । हिन्दू महिलाले साउन महीनाभरी हरियो चुरा, पोते, मेहन्दी, हरियो साडी, हरियो नङ्गपालिस लगाएर श्रीमान्को लामो आयु तथा दीर्घायुको कामना गर्ने गरिन्छ । 

 

सगरमाथा अञ्चलको प्रमुख व्यापारी केन्द्रका रुपमा परिचित लहान बजारमा हरियो चुरा, पोते र मेहन्दी व्यापारीलाई भ्याइनभ्याई छ । अबिवाहित युवतीहरुले असल बर पाउन हरियो चुरा मेहन्दी लगाएर व्रत बसी भगवान शिवको व्रत बस्ने गर्ने र शिव मन्दिरमा पूजाआजा गर्ने गर्छन् । असार महीनामा खासगरी अधिकांश हिन्दू महिलाले हरियो चुरापोते र मेहन्दी लगाउने स्थानीय  व्यापारी मो एजाजुलले बताए ।

 

उनका अनुसार कतिपयले यसको धार्मिक महत्व बुझेर नै लगाउने गरे पनि कतिपय महिलाले देखासिखी र लहैलहैमा पनि हरियो चुरा, पोते तथा मेहन्दी लगाउने गरेका छन् । साउनमा बोटबिरुवा पलाएर हरियाली छाउने र महिलाले पनि हरियो बस्त्र धारण गर्दा सुन्दर देखिने भएकाले साउन महीनामा हरियो चुरा, पोते, हरियो कपडा र मेहन्दी लगाउने गरेको सञ्जुकुमारी मण्डलको भनाइ छ । 

 

हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिला श्रीमान्को समृद्धि होस् भनेर खासगरी सुहागन महिलाले हरियो चुरा, पोते र मेहन्दी लगाउने गरेको पण्डित रामकुमार शास्त्रीले बताए । 

 

साउन महीनामा हरियो चुरा, पोते र मेहन्दीको बढी बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 3 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 3 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 4 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।