भानु साहित्यिक पुरस्कार रेग्मीलाई दिइने

भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले रु एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार उनलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी असार २९ गते प्रदान गरिनेछ । 

 

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीका अनुसार यस वर्षदेखि अन्य तीन पुरस्कार समेत एकसाथ प्रदान गरिनेछ । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकापसमा गाभिएपछि अन्य दुई पुरस्कारसमेत एकै दिन प्रदान गर्न लागिएको अध्यक्ष उप्रेतीले बताए । 

 

रु १५ हजार राशिको भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई, रु ५१ हजार राशिको धनमाया—पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा रु ५१ राशिको टीकाराम–जानुका खरेल साहित्यिक पुरस्कार राम धामीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

 

यस्तै धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम–जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको हो । सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले प्रदान गर्ने बताइएको छ । 

 


थप समाचार

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 12 minutes ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७

रुपातालमा थापेको महाजालमा परेको माछा

  • 15 minutes ago
रुपातालमा थापेको महाजालमा परेको माछा

कास्की । कास्कीको तेस्रो ठूलो रुपातालमा थापेको महाजालमा परेको माछाका साथ रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका कर्मचारी । संस्थाले तालको संरक्षणसहित माछापालनबाट मनग्य आम्दानी गर्दै आएको छ । त

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

  • 29 minutes ago
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालमा रातदिन खटिएकी एक डाक्टरको कथा

चितवन । दुई बालबालिका माइतीमा छाडेर डा शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी( अस्पतालको नेतृत्व गरिरहेकी छन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्प



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।