IIMS College

ISMT

HUB Education

एक वर्षको अवधिमा मोरङबाट २९ हजारले लिए नेपाली नागरिकता

  • सोमबार, ६ साउन, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

मोरङ । मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६०  र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

गएको आर्थिक वर्षमा १४ हजार ४९ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ । सो प्रतिलिपि जिल्ला प्रशासन कार्यालयबाट आठ हजार ६४४ थान, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट तीन हजार १८८ थान र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट दुई हजार २१७ थान वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

 

जिल्लाभरिबाट एक हजार १११ लाई वैवाहिक अङ्गीकृत नागरिकता पनि वितरण भएको जनाइएको छ । सो अवधिमा दुवै नामथर प्रमाणित १६२, नाबालक परिचयपत्र ६९४, पेन्सन सिफारिस १७५, हातहतियार नवीकरण १९७ थान, सङ्घसंस्था नवीकरण ६६२ वटा, ठाडो उजुरी ७६५ वटामा कार्यान्वयन पनि ७६५ वटै, सडक दुर्घटना २१३ मा मृत्युको सङ्ख्या ५५, घाइतेको सङ्ख्या ३३४ जना भएको सहायक प्रजिअ पाण्डेले बताए ।

 

राहदानी नियमिततर्फ दर्ता १५ हजार १८० वटा भएको जसमा जिल्ला प्रशासन कार्यालयमा १० हजार ४२६, इलाका प्रशासन कार्यालय उर्लाबारीमा  चार हजार २५० र इलाका प्रशासन कार्यालय रङ्गेलीमा ५०४ राहदानीको लागि दर्ता भएको थियो । राहदानीका लागि द्रुत सेवा सिफारिस सङ्ख्या जिल्लाभरिमा ४०८ को भएको बताइएको छ । 

 

राहदानीबाट जिल्लाभरिमा कूल राजश्व रु पाँच करोड ३४ लाख २३ हजार ७५०, कम्पनी रजिष्ट्रेशन दस्तुर रु १६ लाख २२ हजार ५००, परीक्षा शुल्क रु २५ हजार, हातहतियारको इजाजत दस्तुरबाट रु एक लाख ९६ हजार ४७५, प्रशासनिक दण्ड जरिवना र जफतबाट रु ४५ लाख ४० हजार ५०६ र बेरुजु रकम रु तीन करोड ८६ लाख रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

यसैगरी, कार्यालयले सो अवधिमा चट्याङको राहत रु चार लाख, आगलागी राहत रु पाँच लाख ४७ हजार र बाढी पीडित राहत रकम रु १५ हजार वितरण गरी हाल कोषमा मौज्दात रु एक करोड ८६ लाख रहेको छ । यसरी वितरण गरिएको राहतबाट १४३ जना लाभान्वित भएका छन् ।

 

एक वर्षको अवधिमा एक हजार २८१ थान दर्ता भएको मुद्दामा ४९८ वटा फैसला भएको र मादकपदार्थ सेवनका ३१७ वटा दर्ता भएको मुद्दामा ३१७ वटै फैसला भएको र जिल्लाभरिमा सो अवधिमा अभद्र व्यवहारका ६९७ वटा दर्ता भएको मुद्दामा ३०३ वटा फैसला भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै, प्रदेशको राजधानी भएको जिल्लाको सदरमुकामस्थितका जिल्ला प्रशासन कार्यालयलाई नमूना कार्यालय बनाउनेतर्फ काम भइरहेको छ । 

 

कार्यालयमा अहिले विश्राम कक्ष, अपाङ्गतामैत्री कार्यालय, स्थनपान कक्ष, टोकन प्रणाली, फ्रि वाइफाइ र सेवाग्राहीलाई कुनै कारणले समय लाग्ने भए विश्राम कक्षमा टेलिभिजनसमेतको व्यवस्था भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए ।

 

उनले कुनै पनि सेवाग्राहीले गुनासो गर्न नसक्ने वातावरण तयार भएको र यसबाट सेवाप्रदत तथा सेवाग्राहीलाई धेरै मद्दत पुगेको दाबी व्यक्त गरे ।


थप समाचार

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 42 minutes ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 55 minutes ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

  • 1 hour ago
अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।