Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियसीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त

सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ ।

क्यालिफोर्नियामा मङ्गलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले सी आक्रोशित भएको बताएका थिए।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण सम्पन्न गरेको केही दिनपछि दुई विश्व शक्तिराष्ट्रबीच द्वन्द्व हुन नदिन सञ्चार प्रणालीलाई पुनः स्थापित गर्ने उद्देश्यले भ्रमण सम्पन्न गरेको केही दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

बाइडेनले भनेका थिए, “जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स कारले त्यो बेलुन खसालेँ, तब सी चिनपिङ निकै निराश हुनुभयो । कारण के हो भने उहाँलाई थाहा थिएन । जासुसी उपकरणले भरिएको बाकस बेलुनमा थियो ।”

बाइडेनले भनेका थिए “म गम्भीर छु । उनीहरूलाई के भयो थाहा थिएन । तानाशाहहरूका लागि यो ठूलो लज्जाको विषय थियो ।”

बेइजिङको विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘हास्यास्पद’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“अमेरिकी पक्षको केलुनसँग सम्वद्ध टिप्पणी अत्यन्त ‘हास्यास्पद र गैरजिम्मेवार’ छ, यसले आधारभूत तथ्य, कूटनीतिक मर्यादा र चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गरेको छ ।”

उनले भने, “चीन यस बिषयमा कडा रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT