सिके राउतले बुझ्नुपर्ने कुरा : जनमत संग्रह के का लागि ?

फाइल फाेटाे

केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालको समीक्षा हुँदै गर्दा नेपाली राजनितीमा एकाएक नयाँ विषयले माहोल तताएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेका सिके राउतले अदालतबाट सफाई पाएसँगै सरकार र सिके राउतबीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र र व्यवहार कति सान्दर्भिक कति असान्दर्भिक भन्ने विषयले बहसलाई ततायो । देशको सार्वभौमसत्तालाई नै धावा वोलेर स्वतन्त्र मधेशको नेतृत्व गरेको सिके राउतसँगकोे राजनैतिक सहमतिलाई धेरैले सकारात्मक कदम भनेता पनि नेकपाकै नेताको विरोधले सरकारको यो निर्णयमाथि प्रश्न चिन्ह खडा गरिदियो ।

 

देशको सार्वभौमत्ताको रक्षा, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा कुनै पनि असर नपर्ने गरि गरिएको राजनैतिक सहमतिको गरिएको सरकारको दावी भएता पनि सिके राउतको भोलिपल्टको गतिविधीले नै सरकारको विरोध गर्नेहरूलाई थप मलजल गरिदियो । दुई देशबीच गरिएको सहमति जसरी पृथकतावादी नेतृत्वसँग सहमति गरिनुले स्वतन्त्र मधेशको मुद्दालाई झन्–झन् बलियो वनाउने आधारशिला खडा हुने तर्क आइरहेको छ । 

 

देशको भौगोलिक अखण्डतालाई अक्षुण राख्दै सफल अवतरणका लागि सिके राउतका गतिविधी समयअनुकुल मत्थर हुनेमा सरकार विश्वस्त रहेता पनि स्वतन्त्र मधेशका नाममा देशका जनकपुर लगायत ठाउँमा देखिएको उत्ताउलोपनले सिके राउत देशको सुरक्षा लिएर देश नै दोहन गर्न लागेको छन भन्नेहरू पनि बग्रेल्ती देखिन्छन् । सिके राउतको देश विखण्डनको रणनीतिमा सरकार नै सहयोगी भूमिकामा रहेको विरोधीहरूले आरोप लगाउन थालेका छन् ।

 

देशद्रोहको मुद्दामा पटक–पटक हिरासतमा रहेका स्वतन्त्र मधेशका सूत्रधार सिके राउतसँग राजनैतिक सहमति भएको दिन नै दिएको अभिव्यक्तिमा स्वतन्त्रताको शव्द उच्चारणले आम जनतामा शंका उत्पन्न भएको थियो । त्यहि स्वतन्त्रताका नाममा राजनैतिक व्यवहार गरिने सरकारसँगको सहमतिले अब खुल्लम खुल्ला रूपमा स्वतन्त्र मधेशको मुद्दालाई जनमत संग्रहमार्फत् पुरा गर्न सकिने आत्मरतिमा रमेको सिके राउत छन् । सामाजिक संजालमा आएको अभिव्यक्ति र मधेशमा उनका कार्यकर्ताले उचालेको मागले आम नेपाली जनता सिके राउत देशको अखण्डताको रक्षा होइन, देश टुक्राउने रणनैतिक चालमात्र रहेछ भन्ने अनुमान सहि साबित हुन पुगेको छ । 

 

सरकारले नै जनअभिमतको अर्थ जनमत संग्रह होइन भनेर दैनिक नै खण्डन गरेता पनि सिके राउतको व्यवहारले उनी त्यहि विखण्डनवादी सोचको प्रारुपअनुरुप नै अगाडी बढेको पाइन्छ । जुन सरकारको र आम नेपाली जनताको भावना विपरीत छ । सरकारको मुल ध्येय भनेको असन्तुष्ट पक्षलाई पनि मूल राजनैतिक धारमार्फत देशमा समृद्धी, सशासन र विकासको लक्ष्य हो । यो भन्दा सरकारको अभिष्ट छैन । तर देश र जनताका लागि गरिएको सो राजनैतिक सहमति सिके राउतका लागि थप शक्ति हासिल गर्ने अस्त्र बनिदियो । जुन आम नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।

 

देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता देश र जनताका लागि साध्य हुन्, जुन कुरामा जनमत संग्रह कदापी हुन सक्दैन । जनमत संग्रह मार्फत् देशको विखण्डन गर्न सकिन्छ भन्ने ध्येय सिके राउत र आम कार्यकर्ताको भएता पनि त्यो स्वीकार्य हुन सक्दैन । आफनै शरीर काटेर अरुलाई दिन सकिदैन भन्ने आम सोचसम्म नभएको सिके राउतको यो रवैयाले उसको पतन निश्चित देखिन्छ । यहि सोचका साथ सिके राउतको गतिविधी झन्झन् बाक्लिदै गयो भने सरकार होइन आमजनता नै सिके राउतलाई सिध्याउन पछाडी पर्ने छैनन् । 

 

साँस्कृतिक र भौगोलिक विविधताले भरिएको स्वर्गसरि नेपालको विखण्डन के का लागि ? जनमत संग्रह लोकतन्त्र र जनताको अधिकारका लागि स्वभाविक मानिन्छ नकि देश नै टुक्राउने कि नटुक्राउने भन्ने विषयमा होइन । यो विषयमा सरकारको राजनैतिक सहमतिमा कुनै पनि दृष्टिकोणबाट अन्यथा मान्न सकिँदैन । व्यक्ति विशेषका अधिकारका र पिछडिएका वर्गका मुक्तिका लागि भएका गल्ति र कमजोरी स्वीकार्नका लागी गरिएको ११ बुँदे सहमतिको अर्थ आमरुपमा देश खण्डित गर्ने कुरामा जनमतसंंग्रह कदापी हुन सक्दैन । 

 

आन्दोलन राजनैतिक हुनुपर्दछ नकि अराजनैतिक । राजनिती देश र जनताका लागी हुनुपर्दछ । तर सिके राउत कसका लागि राजनीति गर्देछन् ? देश र जनताका मुक्तिका आन्दोलन हो भने त्यो स्वतन्त्र मधेश अथवा अलग राष्ट्र निर्माणका लागि होइन, देश विकास र समृद्ध नेपाली निर्माणका लागि हुनुपर्दछ । कसैको उक्साहट र कसैको स्वार्थपूर्तिका लागि गरिने राजनैतिक आडम्बरले स्वयं देशको विकासमा अवरोध गर्दछ नै, नेतृत्वको अस्तित्व नै नरहन पनि सक्दछ । यो तथ्यलाई सिके राउत र उनका कार्यकर्ताले बुझ्न ढिला गर्नुहुँदैन ।


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 4 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।