यी समस्याको निराकरण ल्वाङ खाँदा हुन्छ

ल्वाङमा धेरै औषधीय गुण छन् । जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पु–याउँछ ।

 

एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई यस पानीले फाइदा पु–याउँछ । पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने ।

 

केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ । मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने । ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।

 

गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ । दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।

 

एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ । दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।


थप समाचार

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

  • 7 minutes ago
मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस

विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

  • 9 minutes ago
विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।

चितुवाले आक्रमण गरेपछि...

  • 13 minutes ago
चितुवाले आक्रमण गरेपछि...

अछाम । चितुवाको आक्रमणबाट जिल्लाको पञ्चदेवल–विनायक नगरपालिका–२ का १५ बर्षीय अम्बरबहादुर धामी घाईते छन् । घर नजिकै रहेको लिती सल्लेरी सामुदायक वनमा बाख्रा चराउन गएको बेला चितुवाले आक्रमण गरेर घाइते बना



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।