सुधीर बस्नेतको रिहाइप्रति सहकारीपीडितको आपत्ति

  • आइतबार, २७ जेष्ठ, २०७५
  • 7 months ago
  • अर्थ

काठमाडौँ । सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ । 

 

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो । 

 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको रु चार अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताए । 

 

उहाँले उक्त कम्पनीको अचल सम्पतिलाई सरकारले लिलाम गरी बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड दिँदै मुुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरे । 

 

काठमाडौँ महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी विसं २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर विसं २०६९ देखि संस्था बन्द थियो । 

 

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो । 

 


थप समाचार

साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

  • 9 minutes ago
साम्प्रदायीक दङ्गामा परी तीन दिनमा ८९० जना मारिए

जेनेभा । साम्प्रदायीक दङ्गामा परेर लोकतान्त्रिक गणतन्त्र कङ्गोमा तीन दिनमा ८९० जना मारिएको तथ्य सार्वजनिक भएको छ ।

बच्चा हेर्न पाँच दिन तलबी बिदा

  • 11 minutes ago
बच्चा हेर्न पाँच दिन तलबी बिदा

उलानबाटोर । आफ्ना बालबालिकाको हेरचाह गर्न भन्दै मङ्गोलियाको सरकारले बुधबार बाबुआमाहरुलाई तलबी बिदा घोषणा गरेको छ ।

तीस कराेड बजेट छुट्याइएकाे सडक १० वर्षमा ३२ किमी मात्रै

  • 19 minutes ago
तीस कराेड बजेट छुट्याइएकाे सडक १० वर्षमा ३२ किमी मात्रै

दार्चुला । केन्द्रीय सरकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला–तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू. तीस करोड १७ लाख बजेट छुट्याइएको थियो ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।