कफी पिउदा फाइदा र बेफाइदा दुवै !

Education Park

एजेन्सी । प्रायजसो उठ्ने वितिक्कै हामीले तातो कफी पिउने गर्छौ । कफीमा क्याफिन पाइन्छ । क्याफिन हाम्रो शरीरका लागि हानिकारक मात्रै नभएर फाइदाजनक पनि हुन्छ । धेरैजासो हामी कफीका सौखिन हुन्छौं ।

 

कोलोन विश्वविद्यालयका फार्मेसिस्ट र टक्सीकोलोजिस्ट कुनो गुटलरका अनुसार क्याफिनका कारण मुटुको धड्कन बढ्छ । यसले मष्तिष्कमा रगतको मात्रा बढाउने गर्छ जसले मष्तिष्कमा अक्सिजनको मात्रामा बृद्धी गर्छ ।

 

स्वास्थ्यका लागि कफी पनि फाइदाजनक हुन्छ तर, ज्यादा मात्रामा कफी पिउनु पनि हानिकारक मानिन्छ । कफीमा क्याफिन हुन्छ जसले अनिन्द्रा बढाउने गर्छ । दैनिक ३-४ कप भन्दा बढी पटक कफी पिउनु स्वास्थ्यका लागि राम्रो मानिदैन ।

 

कफीको सेवन गर्दा हुने फाइदा र बेफाइदा दुवै यस प्रकार छन् !

 

पाचन प्रणालीका लागिः कफीको तुलनामा चिया पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । चिया यदी चिनी र दुध बिना बनाए यसले पेटको लागि निकै फाइदाजनक हुन्छ । यसले पाचन प्रणालीलाई निकै फाइदा गर्छ । कफीको अत्याधिक प्रयोगले भोक कम लाग्ने गर्छ । यसले कब्जियतको समस्या बढाउँछ ।

 

एन्टी अक्सिडेन्टः कफीमा एन्टी-अक्सिडेन्ट हुने गर्छ । कफीमा क्युनाइन र क्लोरोजेन एसिड पाइन्छ । यी दुवै रसायनले एन्टी-अक्सिडेन्टको काम लगभग उस्तै काम गर्छ । यो एन्टी-अक्सिडेन्ट शरीरबाट फ्रि रेडिक्स निर्मूल गर्छ ।

 

क्यान्सरका लागिः कफीले क्यान्सरको सम्भावनालाई कम गर्छ । कफी पिउनेलाई ब्रेस्ट क्यान्सर हुने निकै कम सम्भावना हुन्छ । कफी पिउनाले लिभर र प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

 

वजन घटाउनका लागिः कफीले तौल घटाउनका लागि काम गर्छ । दैनिक कालो कफी पिउनाले तौल कम गर्न मद्धत गर्छ । यस्तै, अर्कोतर्फ ग्रिन, लेमन, र कालो चियाको प्रयोगले पनि तौल घटाउन मद्धत गर्छ । कफीले मुटुलाई पनि निकै फाइदा गर्छ । यसमा पाइने एन्टी-अक्सिडेन्टले मुटुको समस्यालाई कम गर्छ । यसले मुटुको कार्य क्षमतालाई पनि बढाउने गर्छ ।

 


थप समाचार

बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

  • 3 hours ago
बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटी डिनरमा गायिका आनी छोइङ आउँदै

स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

  • 4 hours ago
पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन्

चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

  • 6 hours ago
चन्दा माग्न गएका विप्लवका दुई कार्यकर्ता पक्राउ

उर्लाबारी । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुलाई मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ गरिएको हो । एक व्यापारीसँग चन्दा माग्न जाँदै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।