Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसको वाग्नर सेना विद्रोहः के पुटिन मस्को छोडेर भागेका थिए ? प्रिगोझिन र रूसबीच के के भयो सम्झौता ?

रुसको वाग्नर सेना विद्रोहः के पुटिन मस्को छोडेर भागेका थिए ? प्रिगोझिन र रूसबीच के के भयो सम्झौता ?


एजेन्सी । रुसमा वाग्नर समूहको विद्रोहपछि सैनिक विद्रोहको खबर आएको थियो । वाग्नरका लडाकुहरूको विद्रोह पछि मस्कोमा गृहयुद्ध जस्तो अवस्था विकसित हुन थालेको थियो। रोस्तोभमा विस्फोट समेत गराइएको थियो ।

त्यस्तै सेनाको मुख्यालय कब्जामा लिएको थियो ।

मस्कोका पर्यटकीय स्थलहरू खाली गरिएको थियो। रुसको राजधानी मस्कोमा पूर्ण संकटकाल घोषणा गरिएको थियो ।

वाग्नरका लडाकुहरूले आफ्नै राष्ट्रपति पुटिनलाई सरकारबाट हटाउने समेत चेतावनी दिए ।

ती सबैको बीचमा भएको एक सम्झौताले भने सबै कुरा मिलेको मिडिया रिपोर्टमा उल्लेख छ।

वाग्नर प्रमुख र रूसी सरकारबीच एक सम्झौता भएको छ। यो सम्झौता पुटिनका सहयोगी र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले गरेका हुन् ।

यो सम्झौता पछि प्रिगोजिनले मस्कोबाट फर्कन आफ्ना लडाकुहरूलाई आदेश दिए।

उनले देशमा रक्तपात हुन नचाहेको बताए ।

आखिर के भयो सम्झौता ?

प्रिगोजिनले रक्षामन्त्री सर्गेई शोइगु र जनरल स्टाफ भ्यालेरी गेरासिमोभलाई हटाउन माग गरेका छन्। क्रेमलिनले त्यो मागमा एक शब्द पनि बोलेको छैन। यो सम्झौतापछि विद्रोहको लागि प्रिगोगिन विरुद्धको फौजदारी मुद्दा खारेज हुनेछ। यस बाहेक, वाग्नर लडाकुहरूविरुद्धका सबै आरोपहरू पनि खारेज हुनेछन्। उनीहरुलाई सुरक्षा प्रदान गरिनेछ ।

प्रिगोजिनको सेनाले शनिबार रोस्तोभमा ठूलो आक्रमण गरेको थियो। २४ घन्टाभित्रै उनीहरूका लडाकुहरू मस्को पुगिसकेका थिए। तर, उनले आफ्ना सिपाहीहरूलाई त्यहाँबाट फर्केर फेरि मैदानमा जान भनेका छन्। प्रिगोजिन अब बेलारुस प्रस्थान गर्ने बताइएको छ।

के पुटिन देश छोडेर भागेका थिए ?

सम्झौता हुनु अघि जब वाग्नरका लडाकुहरू मस्कोतर्फ जाँदै थिए, स्थानीय समय अनुसार २ः१५ मा उडान उड्यो।

उडान करिब ३० मिनेटपछि राडारबाट गायब भएको थियो ।

यसपछि पुटिन मस्कोबाट भागेको भनिएको थियो । क्रेमलिनले दिएको जानकारी अनुसार उनी मस्कोमै छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT