ISMT

HUB Education

चिसो बढेसँगै बिरामी बढे

  • शनिबार, १४ पुष, २०७५
  • 7 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

बैतडी । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । 

 

जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । 

 

यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाका पनि रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा अवस्थित श्रीकोट स्वास्थ्यचौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । 

 

यस्तै दशरथचन्द नगरपालिकाको देहीमाडौँ स्वास्थ्यचौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले बताए । जिल्लामा भाइरलकै रुपमा ज्वरो, रुघाखाकी नदेखिए पनि मौसमी प्रभावले अधिकांश मानिसमा यो समयमा ज्वरो आउनुका साथै रुघाखोकी लागिरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाइ छ । साथै यो समयमा दम र निमोनियाका बिरामीको सङ्ख्या पनि पहिलेको तुलनामा बढिरहेको छ । 

 

चिसोबाट बच्न न्यानो लुगा लगाउन, तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । तातोपानीसँगै तातो खानेकुरा खायो भने पनि चिसोबाट बच्न सकिने उनीहरुको भनाइ छ । चिसोमा बालबालिका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ । 


थप समाचार

सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए

  • 12 minutes ago
सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए

अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।

यो क्षण पनि टरेर जानेछ !

  • 41 minutes ago
यो क्षण पनि टरेर जानेछ !

‘लक्ष्य विहीन मानिस मृत हो । महत्वाकांक्षाले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो । जसको जीवनमा केही गर्ने उद्धेश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जीवन्त हो ।’ –पर्ल बेली

फेरि आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

  • 42 minutes ago
फेरि आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

काठमाडौँ । हालसालै २७ एल्वम एकैसाथ रिलिज गरी वल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम लेखाउन सफल चर्चित तथा बरिष्ठ गीतकार बी बी थापा फेरि आधा दर्जन एल्बम लिएर आउने भएका छन् । यी एल्वमहरुमा चर्चित संगीत



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।