खानेपानीमा भेटियाे दिसामा हुने 'काेलिफर्म' किटाणु

सांकेतिक तस्वीर

परशुरामधाम । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीमा दिसामा हुने किटाणु ‘कोलिर्फम’ भेटिएको छ ।

 

अमरगढी नगरपालिकाभित्रका १० खानेपानी आयोजनाको पानी जाँच गर्दा अधिकांशमा कोलिफर्मको मात्रा अत्यधिक रहेको पाइएको हो । 

 

सबैभन्दा बढी अमरगढी नगरपालिका–१ स्थित स्याउलेको खानेपानीमा र सबैभन्दा कम सदरमुकाममा कोलिर्फम भेटिएको खानेपानी विभागद्वारा सञ्चालित प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

 

ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट र सहश्रलिङ खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्रा भेटिएको हो । सो पानी सिधै पिउन अयोग्य हुने पानीको गुणस्तर परीक्षण रिपोर्टले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिए । 

 

उक्त मात्रा एक सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो । पानी परीक्षणका लागि प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढी पठाइएको थियो । प्रयोगशालामा परीक्षण गर्दा पानीमा कोलिर्फम भेटिएको हो । 

 

घटाल खानेपानी योजना, दूधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना र उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा कोलिर्फम भए पनि पिउनयोग्य भएको तर उमालेर पिउन उत्तम हुने अमरगढी स्वास्थ्य शाखा सह–संयोजक विष्टले बताए ।

 

मुहानमा लामो समयसम्म सरसफाइ नहुँदा दिसामा हुने कीटाणु कोलिर्फम पानीमा फेला परेको स्वास्थ्यकर्मी बताउँछन् । कोलिर्फमको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने गर्दछ । (रासस)


थप समाचार

अधिकांश स्थानमा वर्षा

  • 2 minutes ago
अधिकांश स्थानमा वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्र

पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

  • 6 minutes ago
पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी । पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भारतबाट आएका एक बालकको आइसोलेसनमा मृत्यु

  • 23 minutes ago
भारतबाट आएका एक बालकको आइसोलेसनमा मृत्यु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित आइसोलेसन एक बालकको मृत्यु भएको छ । आइतबार बिहान बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको हृत्यु भएको हो । उक्त बालक आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।