Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिअहिलेको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छः केपी ओली

अहिलेको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छः केपी ओली


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर तीव्र आलोचना गरेका छन्। उनले नेपालगञ्जका चेतन मानन्धरलाई बजारमा लखेटी लखेटी हत्याका दोषी रिगल भनिने योगराज ढकाल रिगललाई माफी दिएर सरकारले अराजकता निम्त्याएको बताए। उनलाई माफी दिएपछि अहिले नेपालगञ्ज आतंकित रहेको उनले बताए।

उता पर्साकी मुस्कान खातुनलाई एसिड हान्ने घटनाका दोषीलाई पनि सरकारले माफी दिएकोमा उनले आपत्ति जनाए।

सुन तस्करी प्रकरणको छानबिन गर्न सरकार डराएको उनको आरोप छ। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले हेटौँडा पुगेर सुशासन कायम गर्न खोजेको तर प्रतिपक्षले नदिएको भनी गलत आरोप लगाएको भन्दै आपत्ति पनि जनाए।

‘सुशासन रोक्न कुन विरोधी लाग्यो? साढे नौ किलो सुन भेपमा पक्राउ पर्छ, सरकार ढाकछोप गर्छ,’ उनले भने, ‘सय किलो सुनमा पक्राउ गर्छ तर छानबिन गर्न लडाइँ गर्नपर्छ। छानबिन गर्दा के बिग्रन्छरु किन डराउनु भएको छानबिनबाट? तर्सनु भएको हो?’

उनले सरकार सुशासन कायम गर्न नलागेको भन्दै सुशासनको अभियान कसरी पूरा हुन्छ भनेर प्रश्न समेत गरे। सुशासन कायम गर्नु सरकारको नियमित काम भएकाले सरकारले भ्रष्टाचार रोक्नुपर्ने उनको भनाइ थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

Techie IT