यस्ता छन् कण्डमको बारेमा ८ अनौठा तर रोचकतथ्यहरु

तपाईलाई मन पर्छ वा पर्दैन तर कण्डम एक आवश्यकता हो । यो एक त्यस्तो चिज हो जसलाई तपाईले प्रत्येक चोटि यौनसम्पर्क गर्दा लगाउनुपर्ने हुन्छ । 

 

कण्डमले तपाईलाई विभिन्न यौनजन्य रोगहरु र नचाहिएको गर्भ रहनबाट बचाँउछ । तर, के तपाईलाई थाहा छ कण्डमको बारेमा यस्ता धेरै रोचक तथ्यहरु रहेका छन् । 

 

थाहापाइ राख्नुहोस कण्डमको बारेमा यी ८ रोचक तथ्यहरु

 

१. इसापूर्व ११ हजार अगाडी नै कण्डमको प्रयोग गरिन्थ्यो

वैज्ञानिकहरुका अनुसार प्राचिन युगका मानिसहरुलाई पनि कण्डमको बारेमा थाहा थियो । फ्रान्सको गुफाहरुमा भेटिएका प्राचिन पेन्टिङहरुको अध्ययनबाट वैज्ञानिकहरुले यस्तो प्रमाण फेला पारे कि हाम्रा प्राचिन पुर्खाहरुलाई पनि कण्डमको महत्वको वारेमा थाहा थियो । त्यसैले तपाई पनि सधैं कण्डम प्रयोग गर्नुहोस ।

 

२. कण्डमले यौनसम्पर्क १० हजार गुणा सुरक्षित बनाँउछ 

यदि तपाई एचआईभी लगाएतका अन्य यौनजन्य रोगहरुको शिकार हुन चाहनुहुन्न भने कहिल्लै पनि लापरबाही नगर्नुहोस । कण्डमको प्रयोगले तपाईलाई व्यवहारिक रुपमै कुनै रोगबाट टाढा राख्छ । यस्तो धेरै नै उच्चतहको सुरक्षालाई ध्यान नदिनु साच्चैं नै मुर्खता हुनेछ ।

 

३. संसारकै सबैभन्दा ठूलो कण्डम बनाउने रेकर्ड चीनले राखेको छ

सन् २००३ को विश्व जनसङ्ख्या दिवस मनाउने क्रममा चीनले ८०  मिटर गोलाइको र १०० मिटर लामो कण्डम बनाएर चीनको गुइलिन स्थित एक होटलको टपमा राखेको थियो ।

 

४. एक औसत कण्डममा एक ग्यालेन तरल पदार्थ अट्छ

यदि तपाईले एक सानो प्रयोग गर्न चाहनुहुन्छ भने एक पुरै तन्किएको कण्डममा पानी राख्नुहोस त्यसपछि तपाईले महसुस गर्नुहुनेछ कि यसले ठूलो जगवा क्यान्टिनले भन्दा राम्रो काम गर्नेछ र यो चुहिँदैन पनि ।

 

५. ल्याटेक्स कण्डम पत्ता लाग्नु भन्दा पहिले अरु नै सामग्रीहरु प्रयोगमा आँउथे

यदि तपाई ल्याटेक्स कण्डमको बाक्लोपनालाई लिएर गुनासो गर्नुहुन्छ भने यो कुरा सोच्नुहोस कि प्राचिन इजिप्सियनहरुले कण्डमको रुपमा जनावरहरुको थैली प्रयोग गर्ने गर्थे । यसैगरि माछाको छाला, लिनेन, छाला र रेशमको प्रयोग गरि बनाइएका कण्डमहरु पनि प्रयोगमा आएका थिए ।

 

६. कण्डम सैनिकहरुको मापदण्डको विषय होे

यो कुरा १९ औं शताब्दीका जर्मन सैनिकहरुको हकमा साँचो हो र सन् १९२७ देखि १९३१ सम्म हरेक अमेरिकन सैनिकहरुलाई पनि कण्डम वितरण गरिन्थ्यो । यसै तथ्यको कारणले तपाई अहिले पनि यो सोच्न सक्नुहुन्छ कि सैनिकको लागि बन्दुक जस्तै कण्डम पनि अत्यावश्यक रहेको छ ।

 

७. कण्डम सबैभन्दा सस्तो गर्भ निरोधक विधि हो

महिला र पुरुषको लागि अब गर्भ नियन्त्रण र गर्भ निरोधकको लागि धेरै चिन्ता लिनुपर्दैन् । एक कण्डमको मुल्य करिब १० रुपैंया जति पर्छ र सरकारी स्वास्थ केन्द्रहरुमा यो सित्तैमा पनि पाइन्छ । तपाई यसबारेमा सोच्नुहोस र यसलाई आफ्नो जीवनभरको जिम्मेवारी सँग पनि तुलना गर्नुहोस ।

 

८. कण्डमले यौन आनन्द कम गर्दैन

कण्डम लगाएर यौनसम्पर्क गर्दा यौन सुख कम हुन्छ र तपाईले आफ्नो यौनसाथीलाई सन्तुष्टी प्रदान गर्न सक्दिन अथवा कण्डमको कारणले तपाईको यौन क्षमतामा नकरात्मक असर गर्छ भन्ने सोच्नुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । वास्तवमा यसले यौन सन्तुष्टीमा कमी ल्याँउदैन । यसैगरि विभिन्न खालका कण्डम पाइने भएकोले आजकाल त्यस्तो समस्या छैन । तपाईलाई फिट हुने विभिन्न साइजका र राम्रो अनुभवदिनको लागि बनाएका विभिन्न ब्रान्डका कण्डम बजारमाउपलब्ध छन् । 

 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 9 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 9 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 10 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।