कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनावी नतिजा खारेज गर्न र पुनः मतगणनाको माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । 

 

संवैधानिक अदालतको आदेशमा नेता शिसेकेडीले सामान्य बहुमत प्राप्त गरी चुनावमा विजयी भएको जनाएको छ । अदालतको आदेशसँगै शिसेकेडीलाई मुलुकमा लामो समय शासन गर्नुभएका नेता जोसेफ काबिलाबाट शान्तिपूर्ण प्रक्रियामार्फत सत्ता सम्हाल्न बाटो खुलेको छ । 

 

निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले शिसेकेडी र राष्ट्रपति जोसेफ काबिलाले चुनावमा व्यापक धाँधली गरी विजयी भएकाले त्यस्तो चुनावी नतिजा अस्वीकार गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका थिए । 

 

“म अन्तर्राष्ट्रिय समुदायसमक्ष यो चुनावी नतिजा अस्वीकार गर्न र नयाँ सत्तालाई मान्यता नदिन आग्रह गर्दछु, किनभने यसले कङ्गोली जनताको वास्तविक प्रतिनिधित्व गरेको छैन,” फायुलुले भने । उनले आफू नै मुलुकको एकमात्र बैधानिक राष्ट्रपति भएको दाबी पनि गरे । 

 

कङ्गोको स्वतन्त्र चुनाव आयोगले यसै महिनाको शुरुमा शिसेकेडी विजयी भएको भन्दै प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो, तर यस विरुद्ध मुलुकभित्र र बाहिर चुनौती दिइएको थियो । अफ्रिकी युनियनले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाई गर्न आग्रह गरेको थियो भने फायुलुले संवैधानिक अदालतमा चुनावी नतिजा खारेज गर्न माग गर्दै मुद्दा दर्ता गरेका थिए । 

 

आइतबार, संवैधानिक अदालतले फायुलुको दाबी प्रमाणमा आधारित नरहेको जनाएको छ । फायुलुले पुनः मतगणना गर्न गरेको माग पनि तथ्यपरक नरहेको अदालतको भनाई छ । 

 

न्यायाधीश नोल किलोम्बाले भने, “राष्ट्रिय चुनाव आयोगले आधिकारिक र वास्तविक नतिजा सार्वजनिक गरेको छ ।” 

 

अदालतको आदेश आश्चर्यजनक मानिएको छैन, किनभने अदालतको गठन नै राष्ट्रपति काबिलाका सहयोगीहरुले बनेको छ । 

 

शिसेकेडीका सयौं समर्थक अदालतको परिसरमा प्लेकार्ड लिएर भेला भएका थिए । उनीहरुले “विदेशीको हस्तक्षेप स्वीकार्य छैन” र “कङ्गो स्वतन्त्र राष्ट्र हो” भन्नेजस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । अदालत परिसरमा दङ्गा प्रहरी तैनाथ गरिएको थियो । 

 

अदालतको आदेश लगत्तै राजधानी किन्सासा समेतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था अझ सुदृढ पारिएको छ । 

 

यसअघि, निर्वाचन आयोगले नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण आगामी मङ्गलबारका लागि तोकेको थियो । 

 

निर्वाचन आयोगले जनवरी १० मा गरेको घोषणा अनुसार शिसेकेडीले करिब ३९ प्रतिशत र विपक्षी फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए । 


थप समाचार

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 14 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 37 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल

राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • 55 minutes ago
राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।