IIMS College

ISMT

HUB Education

कास्कीमा काँग्रेसले जित्ने सम्भावना कति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कास्की । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् ।

 

पौडेल उम्मेदवार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै उत्साहित भए । पोखरा–३३ उनको छिमेकी वडा पनि भएकाले त्यहाँका जनताले पौडेलप्रति धेरै आशा गरेका छन् । पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारका अनुसार पौडेल निष्ठावान र इमान्दार नेता भएकाले पनि धेरैको आशाको केन्द्रमा रहे ।

 

घरदैलोका क्रममा जनताले पौडेलसमक्ष खानेपानी, विद्यालय भवन, सडक, पुल लगायतका समस्या प्रस्तुत गरे । जवाफमा उम्मेदवार पौडेलले यी समस्या मेरा पनि भएकाले समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाए ।

 

यता, पोखरा–४ मा सोमबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्की–२ का चुनावी कमाण्डर डा। मिनेन्द्र रिजाल पनि सहभागी भए । डा। रिजालको उपस्थितिमा पोखरा–४ का विभिन्न स्थानमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम भएको चुनाव प्रचार समितिका सहसंयोजक लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

 

यसैगरी पोखरा–७ का विभिन्न स्थानमा पनि घरदैलो जारी छ । कास्की कांग्रेसका नेता एवं चुनाव कमाण्डर शुक्रराज शर्मा सहित घरदैलो अभियान भएको वडा इकाइ सभापति नवीन बरालले जानकारी दिए ।

 

यस्तै, पोखरा–८ मा पूर्व महामन्त्री तारानाथ रानाभाट, पोखरा–९ मा नेता विरेन्द्रनरायण विजुक्छे, पोखरा–१७ मा पार्टी सभापति कृष्ण केसी, १५ मा सांसद विन्दा राना लगायतको उपस्थितिमा घरदैलो अभियान जारी रहेको बताइन्छ ।

 

कांग्रेसले कास्की–२ भित्रका ११ वटै वडामा चनावी कमाण्डर खटाएर अभियान शुरु गरेको हो । वडामा खटिएका कमाण्डरहरूले पार्टीका सबै भातृ तथा शुभेच्छुक संगठनलाई चुनावमा परिचालन गरेका छन् ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कम्युनिष्ट पार्टीको २ तिहाई बहुमतको सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ मा आयोजित कोणसभामा उनले सरकारले जनताको आशालाई निराशामा परिणत गराएको आरोप लगाए ।

 

उनले कर बृद्धि, हत्या, बलात्कार जस्ता घटना दिनहुँ बढिरहँदा पनि सरकार चुप लागेर बसेको बताए । सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरु हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । ‘जनताले सुख पाउने आशा २ तिहाईको सरकारले निराशामा परिणत गरिदिएको छ’, उनले भने ।

 

उनले नेपाली राजनीतिको निकै सम्मानित व्यक्तित्व खेमराज पौडेललाई मत दिन आग्रह गरे ।

 

पोखरा–३३ मै अन्य स्थानमा भएको कोणसभामा नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताए । नेपाली उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार असाध्यै तन्नेरी भएको बताए ।

 

नेता चालिसेले भने, ‘नेपाली कांग्रेसले ६० बर्षदेखि निरन्तर नेपाली जनताको सेवामा समर्पित मान्छेलाई उम्मेदवारको रुपमा पठाएको छ । उहाँलाई जिताउने जिम्मा तपाईहरुको हो ।’ उनले थपे, ‘देश र जनताका लागि निरन्तर निष्ठाको राजनीति गर्ने व्यक्तिको आदर्श कहिल्यै बुढो हुँदैन ।’

 

पञ्चायत र सशस्त्र युद्धकाक्रममा महत्वपूर्ण भूमिका खेलेका खेमराज गुरुलाई उम्मेदवारको रुपमा पाउनु पोखरेली जनताका लागि गौरबको कुरा भएको नेता चालिसेले बताए । पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेकोले अब सबै एकजुट भएर चुनाव जिताउनुपर्नेमा नेता चालिसेले जोड दिए ।

 

उक्त अवसरमा उम्मेदवार पौडेलले सरकार लोकतन्त्र मास्न, देशको ढिकुटी रित्याउनमा उद्धत रहेकाले त्यसको खबरदारी गर्न आफू चुनावमा होमिएको बताए । उनले देश र लोकतन्त्रको रक्षाका लागि भए पनि नेपाली कांग्रेसलाई मत दन आग्रह गरे ।

 

पोखरा–३३ का चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य जीवन परियारले पोखरा–३३ मा कांग्रेसको माहोल निकै राम्रो रहेको भन्दै यस पटक ७० प्रतिशत मत कांग्रेसको पक्षमा आउने दावी गरे ।

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 1 hour ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 1 hour ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 1 hour ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।