सिङ्गो काँग्रेसको नेता हुन देउवालाई रामचन्द्र पौडेलको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताएका छन् । 

 

शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।” 

 

अर्को प्रसङ्गमा उनले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिए । 

 

वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताए । 

 

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरालाई रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताए । “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ,”, उनले भने । 

 

 

समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 

 

विसं २००१ मा मोरङमा जन्मीएकी आचार्य २०४८÷२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विस २०५३ मा उपप्रधानमन्त्रीसमेत बनेकी उनको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो । 

 


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 6 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 7 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।