कम्युनिष्टको एकतालाई कांग्रेसले अवसरका रुपमा लिनुपर्छ

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् । 

 

 

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र एकता आवश्यक रहेको बताए । “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने ।

 

 

सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको उल्लेख गरे । 

 

 

चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्ने उनले बताए । गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

 

 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताए । “वर्तमान चुनौतीको सामना गर्दै कम्युनिष्ट शक्तिहरुसँग लड्न काँग्रेसीहरु एक हुनु जरुरी छ,” उनले भने । 

 

 

काँग्रेस उपसभापति बिमलेन्द्र निधिले कम्युनिष्टहरु बीचको एकतामा आत्तिनुभन्दा आफ्नै एकतामा ध्यान दिएर संगठन मजबुत पार्न लाग्नुपर्ने बताए । “कम्युनिष्टहरु एक भए अब हामी ढिक्का हुन बाँकी छ, भोलिका लागि सोचेर एक भएर अघि बढौँ,” उनले भने । 

 

 

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनलाई लक्ष्यमा लिएर अहिलेबाट नै खाका सहितको कार्यक्रम लिएर जनताका माझ जान आवश्यक रहेको बताए । “आगामी निर्वाचनमा अहिलेको भन्दा १० देखि १२ प्रतिशत मत बढ्ने गरेर संगठन निर्माणमा लागौँ,” उनले भने । 

 

 

केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी लगायतले निर्वाचनमा भएको पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने बेला आएको बताए । 

 

 

 

विसं २०६३ जेठ १० गते स्थापना भएको सांस्कृतिक संघले काँग्रेसले गरेका कामलाई गीत, कविता, गजलमार्फत आम जनतामाझ लैजाँदै आएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए । 

 


थप समाचार

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 16 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 19 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

  • 38 minutes ago
पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।