Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी पनि मृत फेला

नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी पनि मृत फेला


विराटनगर । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् ।

नोवेल अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्यामा संलग्न भनिएका प्रेमी २२ वर्षीय शिवशंकर दासको खोजी भइरहेको बेला मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो ।

हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा लागेको थियो । तर, उनी आफैँ मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया बसेर आएका थिए । तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम…

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश

स्वदेश फर्किए कतारी राजा

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन् । मंगलबार

कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै अमिर थानीले…

काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको

सर्वोच्चद्वारा गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल

Techie IT