काँग्रेसले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने

काठमाडौँ ।  नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । 

 

मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । 

 

काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको हो । 

 

प्रदेश ६ र ७ को एक÷एक स्थान र अरु प्रदेशको दुई÷दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । 

 

प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौँ र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ । समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई÷दुई जना सदस्य खटाएको छ । 

 

प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई खटाइएको छ । 

 

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव सङ्कलन गरिसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको समितिका संयोजक खड्काले जानकारी दिए । 

 

संशोधित विधानलाई दशैँ र तिहारको बीचमा केन्द्रीय समितिमा बुझाउने तयारी समेत भइरहेको छ । केन्द्रीय समितिले विधानको बारेमा छलफल गरी मङ्सिरमा हुने महासमिति बैठकमा राख्नेछ । 

 

संविधानले दिएको अधिकारअनुसार पार्टीको विधानलाई लैजानका लागि काँग्रेसले महिलाको अधिकारलाई समेत स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागेको छ । 

 

काँग्रेसले गाउँ टोल समिति, वडासमिति, पालिका समिति, प्रदेश क्षेत्र समिति, सङ्घीय निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ समिति रहने गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । 

 

समितिको बैठकमा पूरै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने विषयमा सबैको सहमति जुटेपनि कति सदस्य बनाउने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन । हाल काँग्रेसमा छ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ । 

 

युवालाई पार्टीभित्र आकर्षित गर्नका लागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका १५ प्रतिशत युवालाई समेट्नुपर्ने विषयमा समेत समितिमा छलफल भइरहेको छ । सदस्यता वितरणका सवालमा पनि बैठकमा फरक÷फरक धारणा आएका छन् । 

 

केही सदस्यले साधारण, क्रियाशील, विशेष हुँदै सम्मानित सदस्य बनाउनुपर्ने कुरा उठाइरहँदा केही सदस्यले भने निर्वाचनको मुखमा बाहेक अरु जुनसुकै बेला पनि सदस्यता लिन सकिने गरी विधान संशोधन गर्नुपर्ने बताएका छन् । 

 

 


थप समाचार

अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

  • 7 minutes ago
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज

काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • 17 minutes ago
कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस

प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

  • 31 minutes ago
प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज

काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

आजको तपाईको भाग्य, यो राशिको भाग्य चम्कदै !

वि.सं.२०७५ साल मंसिर २८ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी, ४४ घडी २३ पला, रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।