भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षडयन्त्र रचिएको खुलासा

जम्मु, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताएका छन् ।

 

प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताएका हुन् ।

 

‘हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,’ जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

 

प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट भारतीय कम्युनिष्ट पार्टी ९माओवादी०सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ ।

 

उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ ।

 

गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गरे । विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उनको भनाई छ । 


थप समाचार

सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

  • 11 minutes ago
सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । द

जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

  • 14 minutes ago
जनतासँग डराइरहेको ‘शक्तिशाली’ सरकार

काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई दिएको अभिव्यक्ति हो यो । बैठकको निर्णयबारे जानकारी लिन राति अबेरसम्म कुर

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

  • 25 minutes ago
रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुक



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।