संविधान दिवसमा माेबाइल सेवामा सहुलियत दिन प्रधानमन्त्री अाेलीकाे अाग्रह

फाइल फाेटाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा मोबाइल सेवामा सहुलियत प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह गरेका छन् । 

 

संविधान दिवसको व्यापकतालाई वृद्धि गर्न कम्तीमा एक हप्तालाई मोबाइल सेवामा सहुलियत दिन प्रधानमन्त्री ओलीले टेलिकमलाई आग्रह गरेका हुन् ।

 

गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताए ।

 

संविधान निर्माणका लागि जनताले ठूलो संघर्ष गरेकै कारण २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी हुन सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले खुशियालीको रुपमा आएको संविधानलाई  जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताए ।

 

‘संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ । यो जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैको उत्सवको दिन हो’, प्रधानमन्त्री ओलीले भने, ‘यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झाँकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।’


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 37 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 45 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 1 hour ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।