संविधान दिवसका अवसरमा लाेकतन्त्र मेला अायाेजना हुने

काठमाडौँ । संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ । 

 

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । 

 

‘समावेशी लोकतन्त्रः समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ । 

 

मेलालाई सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका चारै दलले सहकार्य गरेका छन् । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् । 

 

मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिए ।

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्ने छन् । 

 

मेलाका अवसरमा समावेशी लोकतन्त्र, राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्ने छन् । । 

 

पत्रकार सम्मेलनमा सभापति गुरुङले संविधानका विशेषतालाई जनताका माझ पुर्‍याउन मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।


थप समाचार

गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

  • 8 hours ago
गोर्खा समस्या समाधानको लागि उच्चस्तरीय पहल गर्न संसदीय समितिको निर्देशन

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वामित्वलाई सर्वोपरी राख्दै भूतपूर्व गोर्खाहरुले न्याय र समानताको लागि उठाएका मागहरु र औंल्याएका समस्याहरुको समाधान गर्न सरकारलाई समितिले सुझाएको छ ।

काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

  • 9 hours ago
काभ्रेमा क्रसर अवैधानिक ठहर, कानुनतः भए स्राेत खुलाउन अल्टिमेटम

काभ्रेपलाञ्चोक । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा सञ्चालित क्रसर (ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन उद्योग) अवैधानिक भएको ठहर गरी प्रतिवेदन आज अनुग

इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

  • 9 hours ago
इन्टेक २०१९ मा भर्ती हुने ४ सय गोर्खा आइपुगे बेलायत (भिडियो)

नयां भर्ती भएका गोर्खाहरु क्याटरिक आइपुग्दा उनीहरुलाई गोर्खा ब्रिगेडका कामाण्डिंग अधिकृतहरुले स्वागत गरे । हिन्दू परम्पराअनुसार पण्डितले रातो टिका र आशिर्वाद समेत प्रदान गरे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्ने ?

काठमाडौं । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।