IIMS College

ISMT

HUB Education

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

 

समाजवादी पार्टी नेपालद्वारा आज यहाँ आयोजित प्रदेश नं १ स्तरीय अभिमुखीकरण कार्यक्रममा उनले विभेदको अन्त्य, संविधानमा रहेको त्रुटि सच्याउन र समावेशी बनाउन मात्र सरकारमा समावेश भएको प्रष्ट पारे ।

 

समाजवादी पार्टी नेपालका कार्यसमिति अध्यक्षसमेत रहेका यादवले जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुकमा समृद्ध कायम हुने भएकाले यसलाई संस्थागत र प्राप्त उपलब्धिलाई रक्षा गर्नलाई पार्टी एकीकरण गरिएको जानकारी दिए ।

 

समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले जातीय विविधता, पहिचानलाई सम्बोधन गर्न पार्टीको एकीकरण गरिएको बताए । उनले भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई पूर्ति गर्नु नै पार्टीको उद्देश्य रहेको धारणा व्यक्त गर्दै सम्पूर्ण जनताको सहभागितामूलक एकमात्र राष्ट्रिय पार्टीका रुपमा विकास गर्ने उल्लेख गरे ।

 

अध्यक्ष डा भट्टराईले वर्तमान अवस्थामा रहेका दुई ठूला पार्टीको विकल्पमा समाजवादी पार्टी रहने चर्चा गर्दै पदका निम्ति पार्टीका कार्यकर्तामा कुनै लोभलालच नभएकाले जनताको सेवा नै मुख्य रहेको छ भने।

 

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको चाहनाअनुसार पार्टीबीच एकीकरण भएको बताउँदै पार्टीले शोषित पीडित जनताको मुक्तिका लागि कार्य गर्ने धारणा व्यक्त गरे । प्रदेश अध्यक्ष प्रविन चाम्लिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष पर्शुराम खापुङ, हेमराज राई, हिसिला यमी , रकम चेम्जोङ र प्रा महेन्द्र सुब्बा लावती लगायतले पार्टी एकताबाट आगामी निर्वाचनमा ठूला पार्टीलाई पराजित गर्ने विश्वास व्यक्त गरे । 


थप समाचार

पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

  • 4 minutes ago
पुस्तक आयातमा लगाइएको भ्याट फिर्ता लिन माग

काठमाडौँ । विदेशी पुस्तक आयातकर्ताहरुले पुस्तक आयातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)प्रति आपत्ति जनाउँदै कर फिर्ता लिन पुनः अर्थमन्त्रालयसित माग गरेका छन् । मन्त्रालयले साउन १ गतेदेखि आया

बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

  • 5 minutes ago
बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास !

धनुषा । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ । सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्

दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने

  • 10 minutes ago
दशैँ तिहारमा कर्णालीमा खाद्यान्न अभाव नहुने

काठमाडौँ । यसपालिको दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ । दशैँ, तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले चाडपर्व शुरु हुनुअघि नै खाद्यान्न पठाइसकेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

श्रीकृष्ण बताउँछन्, यी ६ कुराहरुलाई कहिल्यै अपमान नगर्नु नत्र मनुष्यको नाश हुनेछ

काठमाडौं । श्रीमद् भागवतमा कैयौं पौराणिक कथाहरु रहेका छन् । यसका साथै जीवनका कैयौं नीति तथा रीतिरीवाजहरु यसमा समावेश गरिएको छ । भगवान कृष्णले आफ्नो उपदेशमा यस्तै एक नीति बताएका छन् । कृष्णले यस्ता ६ कुराहरुको बारेमा बताएका छन्, जसको बारेमा नराम्रो सोचेमा मानवलाई हानी पुग्न जान्छ । उक्त ६ कुराहरुको अपमान गरेमा मानिसले स्वयं यसको दुष्परिणाम झेल्नुपर्छ ।

विचित्र विश्व

विश्वकै कहालीलाग्दा १० पुलहरु

विश्वकै कहालीलाग्दा १० पुलहरु

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।