IIMS College

ISMT

HUB Education

कन्टेनरमा फेला परेका मृतकहरुबारे बेलायती प्रहरी यसो भन्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ ।

 

प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सवै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन् । 

 

 उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिए । उनले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताए ।

 

स्मिथले आफूहरु भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेको जानकारी दिएका छन् । 

 

यी  व्यक्तिहरुको परिचय पत्ता नलागेको, तर उनीहरुको बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ, स्मिथले भने । 

 

शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरु सवै चिनियाँ नागरिक हुनसक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेको थियो ।

 

मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन् । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन् ।  शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो विदेशयात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएकी दिएको यसअघि आएको जनाइएको थियो ।

 

लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । 

 

प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो ।


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 42 seconds ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 6 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 7 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।