IIMS College

ISMT

HUB Education

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडाैं । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् ।

हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।

बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कलोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रम संयोजक डा रमेशप्रसाद सिंहले चिकित्सकले विभिन्न विषयमा वर्षौं लगाएर गरेको अनुसन्धानलाई कपि पेष्ट (जस्ताको तस्तै सार्ने) चोरी गरी अरुले तथ्यांक राख्ने क्रम बढेकाले यसको अन्त्यका लागि एकबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले भने, “चिकित्सा क्षेत्रमा हुने अनुसन्धानमा बौद्धिक चोरी धेरै हुने गरेको छ, अरुले दुःख गर्ने तर, केही व्यक्ति यस्ता छन्, जसले अरुले गरेको अनुसन्धानलाई चोरेर आफू प्रतिवेदन पेस गर्दै आएका छन्, यो दुःखद कुरा हो ।”

जेठ ११—१२ गते भएको प्रशिक्षणमा चिकित्सकले अनुसन्धानका क्षेत्रमा के कस्तो आचारसंहिता अपनाउनु पर्छ भन्ने र अनुसन्धानको डाटा चोरेर सम्बन्धित ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा उठ्ने प्रश्नका विषयमा छलफल भएको थियो ।

बौद्धिक चोरीलाई रोकेर नयाँ सिर्जनात्मक अनुसन्धानमा चिकित्सक लाग्न प्रेरित गर्ने उद्देश्य राखिएको प्रशिक्षणमा प्रशिक्षण दिन भारतबाट दुई, स्वीजरल्याण्डबाट एक र पाकिस्तानबाट एक गरी चारजना विज्ञको टोली नेपाल आएको थियो ।


थप समाचार

इरानमा इन्धनको मूल्यवृद्धिको विरोध

  • 3 minutes ago
इरानमा इन्धनको मूल्यवृद्धिको विरोध

तेहरान । इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा शनिबार भएको विरोध प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने केही अरु घाइते भएका छन् । अमेरिकाले इरानमाथि आर्थिक ना

ब्रेकफास्टमा यी खानेकुरा !

  • 3 minutes ago
ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खाने

युगान्डाली विद्रोही समूहद्वारा १४ र्वसाधारणको हत्या

  • 9 minutes ago
युगान्डाली विद्रोही समूहद्वारा १४ र्वसाधारणको हत्या

गोमा । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् । स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रा



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।