IIMS College

ISMT

HUB Education

'कोरोनालाई मुद्दा बनाएर मलाई चुनावमा हराउने षड्यन्त्र'

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । 

 

कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ ।

 

सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो । 

 

अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् । 

 

कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ ।

 

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् । 

 

न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । 

 

बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ । 

 

वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गरेका छन् । उनले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध पनि गरेका छन् । 

 

तैपनि, राष्ट्रपति ट्रम्पले मानिसहरुलाई “हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन” भन्दै अमेरिकी नागरिकलाई आडभरोसा दिने प्रयत्न गरेका छन् । 

 

बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही संचारमाध्यममाथि पुरानै शैलीमा भनेका छन्, “मलाई आगामी चुनावमा विजयी हुन नदिन केही मिडियाले कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा देखाइरहेका छन् ।”

 

डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको बताएको छ । “म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं,” पूर्व उपराष्ट्रपति जो बाइडेनले भने । 

 

बाइडेनले सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा जोड दिए ।

 

उनले भने, “राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।”


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 1 hour ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 1 hour ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।