२५ दिनसम्म यो जोडीले कोरोना भाइरस विश्वभर फैलिएको जानकारी नै पाएनन्

एजेन्सी । जब सम्पूर्ण विश्वले कोरोना भाइरससँग संघर्ष गरिरहेको थियो। तब यी दम्पतीहरू समुद्री यात्रा गरिरहेका थिए। यात्रा समाप्त गरेपछि र एउटा किनारमा रोकेपछि, उनलाई थाहा भयो कि सम्पूर्ण विश्व भयानक कोरोना भाइरसको पासोमा छ। 

 

ब्रिटेनको म्यानचेस्टरका रायन ओसबोर्नले आफ्नी पत्नी इलेना मनिगाट्टीसँगै सामुन्द्रिक यात्रामा निस्किएका थिए । यसका लागि रायनले पहिले पैसाको जाहो गरिसकेका थिए । त्यसपछि काम छोड्दै उनी यात्राका लागि निस्किएका थिए । उनले यात्राका लागि एउटा क्रुज लिएका थिए । 

 

रायनले आफ्नो यात्रा फेब्रुअरीको अन्तिम हप्ता क्यानरी टापुबाट सुरु गरेका थिए। क्यानरी टापु उत्तर पश्चिमी अफ्रिकाको किनारमा रहेको अटलांटिक महासागरमा अवस्थित छ। रायन र एलेना आफ्नो यात्रा शुरू गरे । ब्राजिलको उत्तरी क्षेत्रमा अवस्थित सेन्ट भिन्सेन्ट टापुमा उनीहरु जानु पर्ने थियो। 

 

रायन र एलेनाले घरका साथीहरूसँग बिदाइ भएर यात्राका लागि निस्किए । यात्रामा निस्किएका उनीहरुलाई साथीहरुले कोरोना भाइरसबारे जानकारी दिन चाहेनन् । उनीहरुलाई नराम्रो समाचार दिनेपक्षमा उनीहरु थिएनन् । त्यसकारण उनीहरुलाई कोरोना भाइरसले ल्याएको महासंकटबारे जानकारी नै भएन । २५ दिनपछि जब उनीहरु सेन्ट भिन्सेन्ट टापुमा पुगे, उनीहरु विश्वको अवस्था थाहा पाउँदा छक्क परेका थिए । 

 

दुबै कोरोनाको बारेमा तब थाहा पाए जब उनीहरू सेन्ट भिन्सेन्ट टापुमा पुगे । त्यहाँ क्यारिबियन टापुको सिमाना कोरोनाबारे जानकारी दिइएको थियो । हजारौं क्रूज जहाज यात्रुहरूलाई समुद्रमा पनि छोडिएको छ । तिनीहरूबाट संक्रमण फैलिने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ । 

 


थप समाचार

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 6 minutes ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय

ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने

  • 14 minutes ago
ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव  हुनसक्ने

एजेन्सी । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • 22 minutes ago
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।