विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाभाइरस संक्रमितमध्ये हालसम्म १२ हजार ८५७ जनाको ज्यान गइसकेको छ ।

 

पछिल्लो विवरण अनुसार अमेरिकामा कूल ४ लाख मानिस संक्रमित भएको भेटिएको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ । 

 

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले सामाजिक दूरी कायम नराखिए अझ बढी मानिस संक्रमित हुने र मृतकको संख्या पनि बढ्न सक्ने चेतावनी दिए ।

 

कोरोना संक्रमणबाट हालसम्म विश्वभर १४ लाख ३५ हजार मानिस संक्रमित भएका छन् भने ८२ हजार १९१ जनाको मृत्यु भइसकेको छ । 

 

यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ । 

 

हालसम्म पहिलो स्थानमा रहेको इटालीमा कूल १७ हजार १२७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ३६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । 

 

कूल एक लाख ४२ हजार कोरोना संक्रमित भएको स्पेनमा १४ हजारभन्दा बढीको मृत्यु भएको छ । स्पेनका अधिकारीहरुले मंगलबार ७४३ जनाको मृत्यु भएको देखिए पनि मृतकको संख्या घट्न थालेको बताएका छन् । 

 

फ्रान्समा भने एक लाख ९ हजार संक्रमित भएकामध्ये १० हजार ३२८ जनाको ज्यान गएको छ । फ्रान्सेली स्वास्थ्य निर्देशक जेरोम सोलोमोनले फ्रान्समा मृतकको संख्या अझै बढ्न सक्ने बताउँदै मृतकको संख्या अझै उच्च विन्दुमा पुगिनसकेको बताए । 

 

बेलायतमा ६ हजार १५९ जनाको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ । 

 

उता इरानमा मृतकको संख्या ३ हजार ८७२ पुगेको छ भने चीनमा ३ हजार ३३३, नेदरल्यान्ड्समा २ हजार १०१, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८२४, टर्कीमा ७२५ तथा ब्राजिलमा ६८८ जनाको ज्यान गएको छ । चीनले कोरोनाभाइरस उत्पत्तिको केन्द्र मानिएको हुबे प्रान्तको उहान शहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएको छ ।

 

करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३६० पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । 


थप समाचार

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 16 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।

कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

  • 24 minutes ago
कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।

सोतीकाण्डः आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

  • 28 minutes ago
सोतीकाण्डः  आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

एजेन्सी । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।