IIMS College

ISMT

HUB Education

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन कति खर्च र समय लाग्छ, वैज्ञानिकहरुले दिए जबाफ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कोरोनाभाइरसका कारण हालसम्म ९०८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै ३४००० जना भन्दा बढीमा यसको संक्रमण देखिएको छ । 

 

कोरोना भाइरसलाई लिएर चीन तथा विश्वभर नै त्रास रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरुबीच भ्याक्सिन बनाउने प्रतिस्पर्धा चलेको छ । तर, हालसम्म ठोस निर्णयमा कोही पनि पुग्न सकेका छैनन् । मिडिया रिपोर्टका अनुसार वैज्ञानिकहरुलाई समेत वर्षौ समय लाग्ने बताइएको छ । 

एक वैज्ञानिकले १७ वर्ष अगाडि नै यस भाइरसबारे भविष्यवाणी गरेका थिए । उनले यो भाइरस तीव्र गतिमा फैलिने र नियन्त्रण गर्न कठिन हुने बताएका थिए । उनले भनेका थिए,‘यो भाइरस सार्सभन्दा १० गुणा खतरनाक रहेको छ ।’ हालसम्म यो भाइरस १४ देशमा देखिइसकेको छ । नयाँ मामिला अनुसार क्यानडा, भारत, फ्रान्स, नेपाल र अष्ट्रेलियामा यो भाइरसलाई नियन्त्रणमा लिन प्रयास भइराखेको छ ।

 

चिनियाँ वैज्ञानिक डा. गुआनले  सार्सको औषधि निर्माण र रोग रोकथामका लागि मदत गरेका थिए । सन् २००३ मा सार्सका कारण चीनमा भयावह स्थिति देखिएको थियो । उनले भनेका थिए,‘केही वर्षपछि कोरोनाभाइरसले हमला गर्नेछ । यो सार्सभन्दा १० गुणा बढी खतरनाक हुनेछ । 

 

कोरोना भाइरस हालसम्म कतिजनामा फैलिएको छ त्यसको यकिन तथ्याङ्क हालसम्म कसैसँग पनि नभएको उनले दाबी गरेका छन् । 

 

मिडिया रिपोर्टका अनुसार कोरोना भाइरसविरुद्ध आज विश्वले एकसाथ भएर लड्ने समय आएको बताइएको छ । एक मिडिया रिपोर्टका अनुसार कोरोनाविरुद्ध लड्ने भ्याकसिन बनाउन झण्डै १.५ बिलियन डलरभन्दा बढी लाग्ने बताइएको छ । समयमा नै यस भाइरसबारे अध्ययन गरिएको भए आज यो अवस्था देख्नुनपर्ने अधिकारीहरुले बताएका छन् । 

 

यसअघि देखिएका भाइरसभन्दा यो भाइरस अधिक जटिल रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । उनीहरुका अनुसार यसविरुद्ध भ्याकसिन बनाउन झण्डै दुई वर्ष लाग्ने उनीहरुको दाबी रहेको छ । अमेरिकी चिकित्सक एन्थोनी फउसीका अनुसार यो भाइरसविरुद्ध लड्न केही विकल्पहरु खोजिए पनि यसलाई आवश्यक पर्ने सबै कुरा परीक्षण गरी निष्कर्षमा पुग्न झण्डै दुई वर्ष लाग्छ । 

 

त्यस्तै अर्का चिकित्सक भन्छन्,‘कोरोना भाइरसविरुद्ध जतिसक्दो छिटो निष्कर्षमा पुग्यो उति नै विश्वभर छाएको यो तनाब कम हुने थियो ।’

 

 

 


थप समाचार

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • 8 minutes ago
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्र

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 28 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 33 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।