IIMS College

ISMT

HUB Education

आतंकवादभन्दा पनि ठुलो समस्या कोरोना भाइरसः यही अवस्था रहे ४५ मिलियन मारिने अनुमान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कोरोना भाइरसका कारण ४५ मिलियन व्यक्तिहरु मारिन सक्ने अनुमान गरिएको छ । यो विश्वलाई चुनौती दिइराखेको आतंकवाद भन्दा पनि निकै ठुलो समस्या हुने अधिकारीहरुले अनुमान गरेका छन् । 

 

पछिल्लो एक रिपोर्ट अनुसार दिनप्रतिदन बढीरहेको संक्रमितहरुको संख्या र मृतकहरुले थप त्रास थपेको छ । 

हङकङका एक मेडिकल अधिकारीका अनुसार यो भाइरसले विश्वको ६० प्रतिशत जनसंख्यालाई असर गर्ने अनुमान व्यक्त गरेका छन् । 

 

प्रोफेसर ग्रावियल लिउंगले भनेका छन्,‘यदी मृत्युदर यही अवस्थामा रहने हो भने यो करोडौँ संख्यामा पुग्न बेर लाग्दैन ।’

उनका अनुसार विश्वको जनसंख्या ७ बिलियन रहेको छ, यो भाइरसले चार बिलियनलाई संक्रमित गराउन सक्छ । 

 

यदी एकप्रतिशत मानिसहरु पनि मरे भने त्यो संख्या ४५ मिलियन हुन आउँछ । 

हालसम्म यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउन प्रयास भए पनि निष्कर्षमा पुग्न वैज्ञानिकहरु सकिरहेका छैनन् । 

 

विश्व स्वास्थ्य संगठनका प्रमुख जनरल टेडो एडानोम गेब्रीयससले भनेका छन्,‘हालसम्मकै ठुलो चिहान हुने अवस्था देखिएको छ ।’

उनले भनेका छन्,‘विश्वभर राजनीतिक, सामाजिक,आर्थिक समस्या ठुला देखिएका थिए । तर, अब भने कोरोना भाइरसले सबैलाई पछि पारेको छ । यो भाइरसका कारण विश्वले हालसम्कै ठुलो नोक्सानी भोग्नेछ । आतंकवादभन्दा पनि ठुलो दुर्घटना भाइरसले निम्त्याउने गर्छ । यदी विश्व जागेन भने र यसलाई पब्लिक इनिमी नम्बर १ मा राखेन भने विश्वले ठुलो संकट देख्नेछ ।’

 

यो भाइरस नियन्त्रणका लागि कम्तिमा १८ महिना लाग्ने वैज्ञानिकहरुले बताएका छन् । ‘सन् २००३ मा देखिएको सार्सबारे अध्ययन गरिरहँदा यसबारे ध्यान दिएको भए विश्वले आज यो संकट देख्ने थिएन’, उनले बताएका छन् । 

 

उनका अनुसार आफुसँग जे हतियार छ त्यसलै यो भाइरसविरुद्ध लड्न आवश्यक छ । भ्याक्सिन बन्न पनि समय लाग्ने भएका कारण यसको असर लामो समयसम्म देखिने उनले बताएका छन् । 

 

उनले भनेका छन्,‘हाल चीनका लागिमात्र यो संकट देखिएको छ । तर, निकट भविष्यमा यो भाइरसले ठुलो वितण्डा मच्चाउने छ । यसले ठुलो चिहान बनाउनेछ ।’

 


थप समाचार

अनौठा कानून रहेका यी ४ देश

  • 3 minutes ago
अनौठा कानून रहेका यी ४ देश

एजेन्सी । समाजलाई सही ढंगले चलाउन कानूनको आवश्यकता पर्दछ । यदि सही कानून व्यवस्था नहुँदा स्वभाविक रुपमा विभिन्न समस्याहरु पैदा हुने गर्दछ । यसै सन्दर्भमा विश्वमा अनौठा कानून रहेका छन् जसको बारेमा सुन्

एभर्टनविरुद्ध आर्सनलको जित

  • 6 minutes ago
एभर्टनविरुद्ध आर्सनलको जित

काठमाडौँ । आर्सनलले एभर्टनलाई हराएको छ । आइतबार राति सम्पन्न इंग्लिस प्रियिमर लिग अन्तर्गतको खेलमा आर्सनल ३–२ गोलले विजयी भएको हो ।

भगवान शिवकी छोरी को हुन् ?

  • 11 minutes ago
भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

अनौठा कानून रहेका यी ४ देश

अनौठा कानून रहेका यी ४ देश

एजेन्सी । समाजलाई सही ढंगले चलाउन कानूनको आवश्यकता पर्दछ । यदि सही कानून व्यवस्था नहुँदा स्वभाविक रुपमा विभिन्न समस्याहरु पैदा हुने गर्दछ । यसै सन्दर्भमा विश्वमा अनौठा कानून रहेका छन् जसको बारेमा सुन्दा अचम्म लाग्न सक्छ ।