कोरोना भाइरस नियन्त्रणका दुई विकल्प !

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । पछिल्लो रिपोर्ट अनुसार ८८ हजार ५४३ जना मानिसहरुको ज्यान गइसकेको छ । त्यस्तै १५ लाख १९ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् । त्यस्तै झण्डै ३ लाख ३१ हजार यो भाइरसबाट संक्रमित भएका उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

 

यो भाइरस नियन्त्रणका लागि विश्वभरका वैज्ञानिकहरु लगातार प्रयासरत छन् । भ्याक्सिन बनाउन वैज्ञानिकहरुले हालसम्म ठोस सफलता भने पाउन सकेका छैनन् । तर, भ्याक्सिन बनाउन भने वर्षौँ लाग्ने वैज्ञानिकहरुले बताइसकेका छन् । वैज्ञानिकहरुका अनुसार यो भाइरसबाट छुटकारा पाउने दुई उपाय रहेका छन् ।

 

एउटा यसलाई नियन्त्रण गर्ने भ्याक्सिन निर्माण गर्ने । अर्को संक्रमितमा यस भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक औषधिको विकास गर्ने । दोस्रो विकल्पबारे अमेरिकाले केही हदसम्म सफलता प्राप्त गरेको बताइएको छ । तर, हालसम्म यसबारे पनि आधिकारीक खबर भने बाहिर आउन सकेको छैन । 

 

यो दुई विकल्पको विकास नभइन्जेल सामाजिक दुरी कायम गर्नु नै अन्तिम विकल्पको वैज्ञानिकहरुले बताएका छन् । यसले भाइरस फैलिन कम हुने उनीहरुको दाबी रहेको छ । यसको पुष्टि चीनले गरिसकेको छ । चीन पछि विस्तारैै इटालीमा पनि संक्रमितहरुको संख्यामा कमी आएको छ । मिडिया रिपोर्टका अनुसार यो भाइरसलाई जरैबाट नियन्त्रणमा लिन निकै कठिन हुनेछ । 

 

यो लकडाउन कहिलेसम्म रहन्छ भन्ने अर्को प्रश्न धेरै रहेको छ । अधिकारीहरुका अनुसार चाडोँ लकडाउन हटाउँदा पुनः फेरि कोरोना भाइरस फैलिने सम्भावना उत्तिकै रहन्छ । चीनमा लकडाउन हटाएसँगै संक्रमतिको संख्या बढेको उदाहरण अधिकारीहरुले दिएका छन् । यो भाइरस नियन्त्रणका लागि एकिन समय भन्न नसकिने अधिकारीहरुको दाबी रहेको छ । 


थप समाचार

बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

  • 25 minutes ago
बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई सत्तारुढ दलले असाध्यै राम्रो भनेर समर्थन गर्ने र विपक्षीले आँखा चिम्लेर विरोध गर्ने प्रवृत्तिले मुलुकको वास्तविक हित नगर्ने हुँदा तथ्यमा आ

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

  • 31 minutes ago
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 59 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।