IIMS College

ISMT

HUB Education

कोरोना भाइरस यही गतिमा फैलिए अमेरिकामा २२ लाख र युकेमा ५ लाख मानिसको ज्यान जाने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वभर कोरोना भाइरसका कारण झण्डै ८ हजार जनाको मृत्यु भइसकेको छ । त्यस्तै झण्डै २ लाख जना यो भाइरसबाट संक्रमित भएका छन् । 

 

पछिल्लो समय अमेरिका र युकेमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । एक अध्ययनका अनुसार अमेरिका र युकेमा यही अवस्था रहे लाखौँ मानिसहरुको ज्यान जाने बताइएको छ । 

 

सोमबार युकेका प्रधानमन्त्री बोरिस जोनसोनले सामाजिक जीवनबाट आफुलाई केही समयका लागि परै राख्न अपिल नै गरे । विश्वकै पाँचौ ठुलो अर्थतन्त्र भएको युकेमा विस्तारै संकटको अवस्था आउन थालेको विज्ञहरुको दाबी रहेको छ । 

युकेले ७० वर्षभन्दामाथि व्यक्तिहरुलाई आइसोलेटमा राख्न बारम्बार अपिल गर्दै आइरहेका छन् । 

 

इटालीमा भइरहेको महामारी प्रकोपबारे हालै अध्ययन गरेका इम्पेरियल कलेजका प्रोफेसर निल फर्गुसनले अमेरिका र युकेले भयावह दिन देख्नै बाँकी रहेको बताएका छन् । 

 

उनले इटालीबाट लिएको तथ्याङ्कलाई विश्लेषण गर्दै भनेका छन्,‘यही तवरले कोरोना भाइरस फैलिने हो भने युकेमा ५ लाख र अमेरिकामा २२ लाख मानिसको ज्यान जानेछ ।’

 

यदी सरकारले सही निर्णय लिन नसके र प्रतिबन्ध लगाउन असमर्थ रहे यसले २ लाख ५० हजारभन्दा बढी मानिसको ज्यान जाने उनको दाबी रहेको छ । 

कोरोना भाइरसालाई हलुका रुपमा लिदाँ यी देशहरुले ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिएको उनको दाबी रहेको छ । 

 

‘निष्कर्ष निकै दर्दनाक रहेका छन्’, निलसँग काम गर्दै आइरहेका अर्का प्रोफेसर अज्रा घानीले बताएका छन् । 

 

उनले भनेका छन्,‘सरकारले प्रस्तुत गरेको योजना र कोरोना भाइरस फैलिएको अवस्थालाई हेर्ने हो भने सरकार विस्तारै आफ्नो योजनामा विफल भइरहेको छ ।’

 

केही स्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री जोनसनको खुलेरै आलोचना गरेका छन् । सरकारले जतिसक्दो रुपमा भाइरस नियन्त्रणका लागि काम गर्नुपर्ने थियो त्यो अनुरुप काम गर्न नसकेको उनीहरुको भनाई रहेको छ । 

 

हाल अमेरिकामा कोरोना भाइरसका कारण ११६ जनाको मृत्यु भइसकेका छ । त्यस्तै युकेमा ७१ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या ६५२४ पुगेको छ भने युकेमा १९५० पुगेको छ । 

न्युज १८ बाट

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 hour ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।