IIMS College

ISMT

HUB Education

यी देशहरुमा कोरोना भाइरस फेला परेको पुष्टि ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । आइतबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ शहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ । ती शहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ । यद्यपी चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ । 

 

सो भाइरसका कारण ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि शनिबार चीन सरकारले सो आदेश दिएको छ । यस सङ्क्रमणबाट ५६ जनाको ज्यान गएको पुष्टि भएको छ । यस भाइरसबाट शनिबारसम्म सङ्क्रमितको सङ्ख्या २००० पुगेको छ  । त्यसैगरी चीनका केही प्रान्तहरुमा नै फैलिन पुगेको यस भाइरसको सङ्क्रमणको कारण यात्रा प्रतिबन्धलगायत अन्य धेरै किसीमका सतर्कताबाट करिब पाँच करोड ६० लाख  नागरिक प्रभावित भएका छन् । 

 

अमेरिकाको सियाटलसमेतमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएपछि यसको फैलावटको त्रास अझै बढिरहेको छ । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ । 

 

उता जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । 

 

यसरी यो सङ्क्रमणले दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । चीनको वुहान शहरबाट फर्किएका एक नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भेट्टिएको छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।  तर यसको सङ्क्रमणबाट मृत्यु हुने भने चिनियाँ नागरिक मात्र छन् ।

 

त्यस्तै यी देशहरुले पनि कोरोना भाइरस आफ्नो देशमा फेला परेको पुष्टि गरेका छन् । 

 

चीन 

अमेरिका

अष्ट्रेलिया

क्यानडा 

फ्रान्स

जापान

मलेसिया

नेपाल 

सिंगापुर

दक्षिण कोरिया

ताइवान

थाइल्याण्ड

भियतनाम

 


थप समाचार

नेपालमा नै रहेको एउटा अनौठो गुफा !

  • 1 minute ago
नेपालमा नै रहेको एउटा अनौठो गुफा !

काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

  • 42 minutes ago
अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

  • 45 minutes ago
‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

बाँके । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसले दुइटै आँखा खुल्ला गरी हेर्नुपर्ने बताएका छन् । ‘एक आँखो प्रेस हुँदैन। एक आँखो चिम्लिने त शिकारी हुन्छ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।