कोरोना भाइरसः कुन देशमा कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । कोरोना भाइरसबाट संक्रमितहरुको विश्वभर संख्या २ लाख नाघेको छ । बिहीबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख १९ हजार पुगेको छ ।

 

सबैभन्दा बढी चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण देखिए पनि उपचार गरेर फर्किनेको संख्या ६९ हजार ६ सय १४ रहेको छ । चीनमा अहिलेसम्म ३२ सय ३४ जनाको मृत्यु भइसकेको छ । चीनपछि इटालीमा सबैभन्दा बढी मृत्यु भएको पाइएको छ ।

 

इटालीमा अहिले २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने ३५ हजार ७ सय १३ जनामा संक्रमणको पुष्टि भएको छ । तर इटालीमा उपचार गरेर फर्किनेको संख्या निकै न्युन देखिएको छ । इटालीमा ४ हजार २५ जना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् ।

 

इटालीमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु भएको छ । इरानमा पछिल्लो २४ घण्टामा बढी १४७ जनाको मृत्यु भएको छ भने इरानमा मृत्यु हुनेको संख्या ११३५ पुगेको छ ।

 

इरानमा १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने चौबिस घण्टाभित्र ११ सय ९२ जनामा संक्रमण देखिएको छ । स्पेनमा १ सय ५ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ६ सय ३८ पुगेको छ ।

 

स्पेनमा संक्रमितहरुको संख्या १४७६९ जना भाइरसबाट संक्रमित भएका छन् भने ६३८ जनाको मृत्यु भएको छ । मंगलबारमात्रै कोरोना भाइरसका कारण १०५ जनाको मृृत्यु भएको छ । एक दिनमा नै स्पेनमा २९४३ जना संक्रमितहरु फेला परेका छन् । कोरोना भाइरसले इटाली र इरानपछि स्पेनमा कहर मच्चाइरहेको छ ।

 

जर्मनीमा १२३२७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै २९६० जनामा यो भाइरस देखिएको यो पहिलो घटना हो । त्यस्तै भाइरसका कारण हालसम्म २८ जनाको मृत्यु भएको छ ।

 

फ्रान्समा अहिलेसम्म २ सय ६४ जनाको मृत्यु भएको छ भने ९ हजार १ सय ३४ जनामा संक्रमित पुष्टि भएको छ । विश्वभर अहिलेसम्म ८ हजार ९ सय ५२ जनाको मृत्यु भइसेकेको छ । अहिले विश्वका १७३ देशमा फैलिइसकेको छ ।

 

स्वीजरल्याण्डमा ३११५ जना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म ३३ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ ।

 

त्यस्तै युकेमा कोरोना भाइरसका कारण १०४ जनाको मृत्यु भएको छ । २६२६ जना भाइरसबाट संक्रमति भएका छन् ।


थप समाचार

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 3 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 11 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

  • 17 minutes ago
युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।