विश्वभर कोरोना भाइरसको वितण्डाः कुन देशमा कति पुग्यो संक्रमति र मृत्यु हुनेको संख्या ?

काठमाडौँ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको सख्या विश्वभरि ११ हजार नाघेको छ । कोरोनाका कारण ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ ।  इटाली, चीन, इरान, स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सबै भन्दा धेरै छन् ।

 

विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव इटालीमा देखीको छ । इटालीको अवस्था अहिले विश्वकै सबैभन्दा भयावह भएको छ ।

 

इटालीमा शुक्रबार मात्र ६ सय २७ जनाको मृत्यु भएको छ । इटालीमा मृत्यु हुने संख्या ४ हजार ३२ पुगेको छ । विश्वभरमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९७ जनाको मृत्यु भई सकेको छ ।

 

यो संख्या चीनमा अहिलेसम्म मर्नेको संख्याभन्दा ८ सयले बढी हो । चीनको ऊहानमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ । त्यसैले इटाली कोरोना महामारीको चपेटामा परेको विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ ।

 

इटालीमा ४७ हजार २१ जनामा भाइरस संक्रमित भएकोमा पछिल्लो २४ घण्टाभित्र नयाँ संक्रमित हुनेहरुको संख्या ५ हजार ९ सय ८६ देखिएको छ भने उपचार गरेर फर्किनेहरुको संख्या ५ हजार १ सय २९ रहेको छ । त्यसै गरी २ हजार ६ सय ५५ जनाको अवस्था गम्भिर रहेको छ ।

 

त्यसै गरी स्पेनमा शुक्रबार २ सय ६२ जनाको मृत्यु भएको छ भने अहिले सम्म मृत्यु हुनेको सख्या १ हजार ९३ जना पुगेको छ । इरान पछिल्लो २४ घण्टामा १ सय ४९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको सख्या १ हजार ४ सय ३३ पुगेको छ ।

 

भारतमा पनि मृत्यु हुनेको सख्या ५ पुगेको छ । भारतमा अहिले सम्म २ सय ४९ जनामा संक्रमण फैलिएको छ भने शुक्रबार मात्रै ५५ जनामा संक्रमण देखिएको छ ।

 

विश्वभरका १ सय ८५ देशमा फैलिएको कोरोनाबाट २ लाख ७५ हजार ७ सय ९४ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ९१ हजार ९ सय १२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।


थप समाचार

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 40 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 46 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 54 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।