चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ । 

 

डेली मेलको एक रिपोर्ट अनुसार हुबोई राज्यका अधिकारीहरुसँग जोडिएको एक स्रोतले भनेका छन् कि धेरै निबासीहरुले आफ्नो घरमा बिना चेकअप नै ज्यान गुमाए, त्यसको लेखाजोखा नै रहेको छैन । उनले भनेका छन्, एक महिनाभित्र करिब २८ हजार शब जलाइएका तिए । यसकारण अनुमानित आँकडा बढाउने काम गरिएन । 

 

चीनका केही अधिकारीहरुका अनुसार चीनमा सरकारले दिएको संख्याभन्दा झण्डै १० गुणा बढी जनाको मृत्यु भएको छ । 

 

वहानमा रहेका केही मानिसहरु भन्छन् एक ठाउँमा झण्डै ५०० वटा लाश एकैपटक जलाउने गरिन्थ्यो । यस्ता सातवटा शव जलाउने ठाउँहरु बनाइएका थिए । दैनिक झण्डै ३५०० वटा लाश जलाउने गरिएको उनीहरुको दाबी रहेको छ । 

 

हकोउ, बुचांग र हान्यांगमा मरेकाहरुको अन्तिम  कलश ५ अप्रिलमा दिने बताइएको थियो  । डेली मेलको रिपोर्टका अनुसार १२ दिनमा करिब ४२ हजार मानिसहरुको अस्थि कलश बाडिएको हुन सक्ने उनीहरुको ठम्याई रहेको छ । 

 

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर कहर मच्चाइराखेको छ । हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै सात लाख २३ हजार यो भाइरसबाट संक्रमित भएका छन् ।  

 

डेलीमेलबाट


थप समाचार

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 24 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 36 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 1 hour ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।