किन धुमपान गर्ने मानिस कोरोनाको उच्च जोखिममा ?

प्रतिकात्मक तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सुरुवाती समयमा चीनको वुहानस्थित जिन्यितान अस्पतालमा मृत्यु भएका दुई बिरामीका विषयमा दि ल्यान्सेट नामक मेडिकल जर्नलमा लेखिएको छ । ‘स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धुमपान गर्ने गरेका थिए । जसका कारण उनीहरूको फोक्सो कमजोर भएको थियो ।’

 

शेषज्ञहरूका अनुसार संक्रमणपछि कोरोना भाइरस हाम्रो फोक्सोसम्म पुग्छ र सास फेर्न गाह्रो हुनेजस्ता समस्या पैदा हुन्छन् । पहिले घाँटीभित्रका कोष, श्वासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अंग भाइरस उत्पादन गर्ने कारखानाजस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले मानिसका थप कोषलाई आक्रमण गरेर आफ्नो अधिकार स्थापित गर्छन् । 

 

कोरोनाले फोक्सोमा जलन गराउँछ । फोक्सोमा जलन हुनु नै निमोनिया हो । हामीले फेर्ने सास अर्थात् वायु मुखबाट श्वासनली हुँदै फोक्सोमा भएका स–साना कोठामा पुग्छ । त्यही कोठाबाट अक्सिजन रगतसँग मिसिन्छ र कार्बनडाइअक्साइड बाहिर निस्किन्छ । तर, निमोनिया हुँदा ती साना कोठा पानीले भरिन थाल्छन् र यसैकारण सास फेर्न कठिन हुन्छ ।

 

युनिभर्सिटी अफ साउथकोरोलीको अर्को एउटा अध्ययनमा भनिएको छ, धुमपान गर्दा फोक्सोमा इन्जाइमको क्रियाशीलता बढ्छ । त्यसो हुँदा धुमपान गर्ने व्यक्तिलाई कोभिड–१९ संक्रमणको खतरा बढ्छ । यो रोग बढी उमेरकासँगै हाइपरटेन्सनजस्ता केही अन्य कारणको उपचारले पनि बढ्छ ।

 

विशेषज्ञहरूका अनुसार यी दुवै निकै खतरनाक तथ्य हुन् । धुमपान गर्ने अधिकांश व्यक्तिमा यो महामारीको लक्षणको रूपमा सास लिन गाह्रो हुनेजस्ता समस्या देखिन्छन् । कोभिड १९ ले सीधै फोक्सोमा आक्रमण गर्ने गर्छ । धुमपान गर्ने व्यक्तिको फोक्सो पहिलादेखि नै कमजोर हुने भएकाले यस्ता व्यक्तिलाई यो भाइरसको जोखिमको सम्भावना बढी हुन्छ । 

 

नेपाली चिकित्सकको भनाइ पनि यही छ । ‘धुमपानले फोक्सोलाई कमजोर बनाएको हुन्छ,’ फिजिसियन डा। नीरजकुमार सिंह भन्छन्, ‘कोरोना भाइरसको आक्रमण पनि फोक्सोमै बढी हुन्छ ।’ जसका कारण धुमपान गर्नेलाई कोरोना भाइरसको असर बढी देखिएको उनको भनाइ छ । ‘यस्ता व्यक्तिले आफूलाई आइसोलेसनमा राख्ने र सकेसम्म धुमपान नगर्ने र नसके कम गर्ने गर्नाले समेत यसको असर घटाउन सकिन्छ,’ उनी भन्छन् । 

 

नयाँपत्रिका


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 33 seconds ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 11 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 15 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।