कोरोना भाइरसबाट कसरी बच्ने ?

–घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्छ । कपडाको मास्कले भाइरसको संक्रमणबाट बचाउन नसक्ने हुँदा सर्जिकल मास्क प्रयोग गर्न आवश्यक छ ।

 

 

–साबुनपानीले पटक–पटक हात धुने । बाहिरबाट आउँदा, कुनै वस्तु छुँदा वा सम्पर्कमा रहँदा अनिवार्य हात धुनुपर्छ । साथै, स्यानेटाइजर प्रयोग गर्न सकिन्छ । 

 

–कोरोना संक्रमितलाई भेट्न जाँदा, उपचार वा बिरामीको सम्पर्कमा रहँदा एन–९५ नामक मास्क अनिवार्य प्रयोग गर्नुपर्छ । साथै, अन्य कामले अस्पताल गएको अवस्थामा समेत मास्क अनिवार्य लगाऔँ ।

 

–अस्वस्थ भएमा, रुघाखोकी वा ज्वरो आएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । 

 

–अल्कोहल सेवन गर्दा र अल्कोहलजन्य पदार्थ वा क्लोरिन शरीरमा छर्कंदा कोरोना भाइरस नष्ट हुन्छ भन्नु गलत हो । अन्य अंगमा हानि गर्न सक्ने भएकाले यस्ता वस्तुको प्रयोग गर्नुहुँदैन । 

 

 

–खोक्दा वा हाछ्युँ गर्दा मुख अनिवार्य छोप्नुपर्छ । अनावश्यक रूपमा आँखा, नाक र मुख छुनुहुन्न । प्रयोग गरेको टिस्युलाई तुरुन्तै बन्द भाँडोमा राख्न आवश्यक हुन्छ । 

 

 

–व्यक्तिगत सरसफाइमा नियमित रूपमा ध्यान दिन आवश्यक छ । सकेसम्म भिडभाडमा जानुहुँदैन । 


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 20 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 32 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 37 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।