कोरोनासम्बन्धी झुटो र सत्य तथ्यहरु

प्रतिकात्मक तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले संसारलाई नै त्रसित बनाइरहेकोे छ । जसका कारण अहिले विश्वकै ध्यान कोरोनामा केन्द्रित छ । यस भाइरसबारे विभिन्न भ्रम, मिथक र अफवाहसमेत फैलिएका छन्, जसको कुनै वैज्ञानिक प्रमाण छैन । हामीलै त्यस्ता भ्रम चिर्ने कोसिस गरेका छौँ । कोरोनासम्बन्धी केही भम्र र सच्चाइ यस्ता छन्ः

 

तातोपानी पटक-पटक पिउनाले शरीरमा भएको भाइरस हट्छ

 

भाइरस रोग फैलिने क्रममा शरीरमा पानीको मात्रा सामान्य दिनभन्दा बढी आवश्यक पर्छ । त्यसमा पनि तातोपानी अझ शरीरका लागि फाइदाजनक हुन्छ । कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा, कुनै पनि संक्रमित सतहमा छोएमा आँखा, नाक र मुखबाट भाइरस प्रवेश गर्ने गर्छ । एकपटक भाइरस शरीरमा प्रवेश गरिसकेपछि जति तातोपानी पिए पनि त्यसले खासै प्रभाव पार्दैन । 

 

के रक्सीले कोरोना भाइरस मार्छ ?

 

रक्सीले कोरोना भाइरस मर्ने अफवाह फैलिएपछि विश्वभर नै यसको खपत नाटकीय रूपमा बढ्यो । जसका कारण विश्वभर ५० भन्दा बढी मानिसको मृत्यु भयो भने र सयौँजना उपचाररत छन् । 

 

दैनिक जीवनमा प्रयोगमा हुने ‘ह्यान्ड वास’ तथा ‘ह्यान्ड स्यानिटाइजर’मा, ६० देखि ७० प्रतिशत ‘इथायल अल्कोहल’ वा ‘आइसोप्रोपियल अल्कोहल’ हुने गर्छ । ‘ह्यान्ड वास’ तथा ‘ह्यान्ड स्यानिटाइजर’ले हात धँुदा शरीरको सतहमा रहेको कोरोना भाइरस हट्छ । तर, मदिराको सेवनले कोराना हटाउने भन्ने भ्रम मात्रै हो । 

 

फ्लुका भ्याक्सिनले कोरोनाबाट बच्न मद्दत गर्न सक्छ 

 

कोरोना तथा अन्य फ्लुका भाइरसले श्वासप्रश्वासमा असर गर्छ । रुघा, खोकी, ज्वरो, टाउको दुखाइ, कमजोरीजस्ता प्रायः उस्तै लक्षण देखिन्छन् । तर, यी सबै भाइरसका परिवार भने फरक हुन्छन् । हैजाको भ्याक्सिनले कोरोना संक्रमणको निदान गर्न सम्भव हुँदैन । यद्यपि, अमेरिका भने मलेरियाको औषधिबाट भ्याक्सिनका लागि प्रयासरत छन् । 

 

पाल्तु जनावरबाट कोरोना सर्छ

 

चमेराबाट उब्जिएको भनिएको यस भाइरसले हाल मानवजातिको स्वास्थमा ठूलो क्षति गरेको छ । जनावरबाट सरेको यस भाइरस मानिससँगै रहने पाल्तु जनावरलाई पनि संक्रमण नहोला भन्न सकिँदैन । यद्यपि, हालसम्म यस्ता पाल्तु जनावरमा भाइरस देखिएको, सरेको वा सारेको कुनै प्रमाण छैन । 

 

तातोपानी र खानाले कोरोना भाइरस मार्छ

 

तातोपानीको सेवनले कोरोना भाइरसलाई केही हदसम्म निष्क्रिय अवश्य बनाउँछ । तर, तातोपानी तथा खानाले भाइरसलाई मार्छ नै भनेर व्याख्या गर्नु गलत हुन्छ । औषधिका सामान, मेडिकल किट्समा संक्रमित कीटाणुलाई निश्चित तापक्रममा उजागर गरेर राखिन्छ । तर, यो मानव शरीरको हकमा भने लागू हुँदैन । 

 

नयाँपत्रिका


थप समाचार

युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

  • 1 minute ago
युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

  • 7 minutes ago
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

ब्राजिलमा एकैदिन बढे १६ हजार बढी संक्रमित

  • 13 minutes ago
ब्राजिलमा एकैदिन बढे १६ हजार बढी संक्रमित

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।