भारत कोरोना संक्रमित राष्ट्रको २६ औं स्थानमा, १ सय ३६ जनाले ज्यान गुमाए

file photo

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसको कारणले विश्वका लाखौं मानिसहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित बनाएको छ । 

 

कोरोनाको कारणले मानव जीवनमा ठूलो क्षति पुर्याएको छ । यस भाइरसबाट विश्वभरमा १३ लाख ४५ हजार ७ सय २६ जना संक्रमित छन् भने ७४ हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

 

यस भाइरसबाट २ लाख ७८ हजार ४ सय २८ जना भने निको भएका छन् । भारतमा ४ हजार ७ सय ७८ जनामा कोरोनाले संक्रमण गराएको छ भने १ सय ३६ जनाको यस भाइरसका कारण मृत्यु भएको छ । 

 

अमेरिकामा ३ लाख ६६ हजार ९ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने यस भाइरसबाट अमेरिकामा १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

 

इटालीमा यस भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ५ सय २३ पुगेको छ भने १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण फैलिएको छ । चीनमा ८१ हजार ७ सय ८ जनामा कोरोनाको संक्रमण रहँदा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

 

स्पेनमा यस भाइरसबाट १३ हजार ३ सय ४१ जनाको ज्यान गएको छ भने १ लाख ३६ हजार ६ सय ७५ जनामा कोरोना पोजिटिभ देखिएको छ । अन्य केही देशहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 11 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 24 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।