बाघमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि...

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसका कारणले अकालमै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । मानिसहरुमा मात्र सिमित नरही यस भाइरसको संक्रमण बाघमा पनि देखिएको छ । 

 

 अमेरिकामा बाघमा पनि कोरोना संक्रमण देखिएको हो । बीबीसीका अनुसार  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई संक्रमण देखिएको हो।

 

चार वर्षकी उक्त बघिनी विरामी परेपछि परीक्षण गर्दा कोरोना देखिएको  आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ। उक्त बघिनी सहित अन्य तीन बाघ समेत विरामी परेका छन्।

 

चिडियाखानाका अनुसार बाघको स्याहारमा खटिएका तर कोरोनाको लक्षण नदेखिए पनि संक्रमण भएका एक व्यक्तिबाट बाघमा संक्रमण सरेको हो। विरामी बाघलाई छुट्टै राखिएको छ।

 


थप समाचार

बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

  • 19 minutes ago
बाजुराकी दुई वर्षे बालिका कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि

धनगढी । बाजुराको बुढिगंगा–१ की २ वर्षीया बालिकाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ । अस्पतालको आइसोलेशनमै रहेका बेला उनको आइतबार बिहान मृत्यु भएको थियो ।

कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

  • 28 minutes ago
कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख बढी, लकडाउन खोल्न सबैतिर हतारो

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आइतबारसम्म ६० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो पटक ब्राजिलमा दैनिक संक्रमितको संख्या निकै बढी देखिएको छ ।

सोतीकाण्डः आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

  • 32 minutes ago
सोतीकाण्डः  आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरे

एजेन्सी । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।