केजरीवालले नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

एजेन्सी । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् । 

 

उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका विषयमा अधिकारीहरुसँग परामर्श गरी रोकथामका थप कार्यक्रमहरु तय गर्न लागेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

 

नयाँ दिल्लीमा पनि भारतका महाराष्ट्र र तामिलनाडूपछि धेरै कोरोना सङ्क्रमितहरु भेटिएका छन् । बिहीबार बिहान प्राप्त भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतीय राज्य नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित भेटिएका छन् । 

 

उक्त समाचारमा यहाँ उपचारपछि २१ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

 

मुख्यमन्त्री केजरीवालले उक्त राज्यमा कोरोना भाइरसको उपचार तथा यसका कारण गरिएको लकडाउनका लागि आवश्यक बाहेकका अरु सबै खर्च कटौतीको निर्देशन दिइसकेका छन् । 

 

उनले उक्त राज्यका वित्त विभागलाई कर्मचारीको नियमित तलब र कोरोना भाइरसको नियन्त्रण एवं रोकथामबाहेकका अरु सबै खर्च कटौतीका लागि अघिल्लो हप्ता नै आदेश दिएका थिए ।

 

आजको बैठकमा पनि यसैसँग सम्बन्धित कार्यक्रमहरुका साथै दिल्लीमा बढ्दो रुपमा देखिएको कोभिड १९ को रोकथामका नयाँ कार्यक्रमहरुका बारेमा छलफल हुने अधिकारीहरुले जनाएका छन् ।


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 1 hour ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।