IIMS College

ISMT

HUB Education

कोरोनाबाट बेलायतमा रहेका नेपालीलाई पर्नसक्ने आपतमा सहयोग गर्न अघि सरे स्वयंसेवी

  • बिहीबार, ६ चैत, २०७६
  • 2 weeks ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लन्डन । कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्वयंसेवी प्रयास शुरु गरिएको छ ।

 

भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन् । 

 

 

संसारलाई नै त्राहि त्राहि बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए । उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र वहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए।

 

समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयम्सेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले बताए।

 

अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए । “१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिला स्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए । 

 

स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ । 

 

बिक्रम भट्टराई  ०७९१५०४६२०३

कृष्ण गुरुङ ०७८२५६६०५९४

थम विश्वकर्मा ०७८४६२३१९६० 

जीव बेलबासे  ०७९००९०५३७९  

भिम बानिया  ०७९८८७९१०८३  

ए बि गुरुङ ०७८८६९९४३९० 

हरि भट्टराई ०७८८६३२८७७६

 

(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो ।)


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 1 hour ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 1 hour ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 1 hour ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।