IIMS College

ISMT

HUB Education

कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु, के हो यो भाइरस ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारले दिएको जानकारी अनुसार हालसम्मा ४४० जनामा उक्त भाइरसको संक्रमण देखापरेको हो । 

 

ज्यानै जाने भाइरस देखापरेपछि सचेत रहन सरकारले जनताहरुलाई सचेत गराएको छ । त्यस्तै, सरकारले पनि यसको नियन्त्रणको लागि प्रयास गरिरहेको बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भाइरसको नियन्त्रणको लागि आफूहरु संवेदनशिल रहेको बताएको छ । 

 

चीनमा भाइरस भेटिएपछि उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ ।

 

अमेरिकामा पनि यो भाइरस भेटिएको छ । अमेरिकास्थित ‘द सेन्टर फर डिजिज कन्ट्रोल’का अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।

 

के हो कोरोनाभाइरस ?

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । यो भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने गर्छ ।


थप समाचार

बेक्जिटले क्लब तथा सयौं खेलाडीलाई असर पर्ने

  • 6 hours ago
बेक्जिटले क्लब तथा सयौं खेलाडीलाई असर पर्ने

एजेन्सी । केही साताअघि बेलायत युरोपियन राष्ट्रबाट बाहिरिएसँगै यसको असर फुटबलमा पनि देखिएको छ । यसले स्पेनिस क्लब रियल मड्रिडलाई पनि असर पारेको छ ।

रियल मड्रिडलाई पीडा दिन हामीले राम्रो खेल्नुपर्छः राफिन्हा

  • 6 hours ago
रियल मड्रिडलाई पीडा दिन हामीले राम्रो खेल्नुपर्छः राफिन्हा

एजेन्सी । स्पेनिस क्लब सेल्टा भिगोका खेलाडी राफिन्हा अल्कान्ताराले रियल मड्रिडलाई पराजित गर्ने बताएका छन् । बार्सिलोनाले जारी सिजनको लागि लोनमा पठाएको राफिन्हाले आफूहरुले रियल मड्रिडलाई हराउनको लागि र

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

  • 7 hours ago
हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । त



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।

विचित्र विश्व

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

मोरङ । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ वर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।