IIMS College

ISMT

HUB Education

कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा शुरु, ओलम्पिक समेत सर्ने सम्भावना

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको कारण खेलकूदका गतिविधिहरु प्रभावित हुन थालेका छन् । कोरोना भाइरसकै कारण चीनमा २२ फेब्रुअरीबाट शुरु हुने भनिएको चाइनिज सुपर लिगका खेलहरु संचालन हुन सकेको छैन । यी खेलहरु कहिलेबाट शुरु हुने भन्ने ठेगान नै छैन । 

 

अहिले इटालीमा पनि कोरोना भाइरसको संक्रमितहरु देखा परका छन् । हालसम्म इटालीमा ७ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन् । सोही कारण इटालीमा उच्च सतर्कता अपनाइएको छ । नापोलीविरुद्धको खेलको लागि इटाली पुगेका बार्सिलोनाका खेलाडीहरुको समेत कोरोना भाइरस जाँच भएको छ । 

 

भाइरसकै कारण इटालीको सिरी ‘ए’ का खेलहरु समेत प्रभावित हुन थालेका छन् । गत साता मिलान, बेर्गाम्मो, भेरोना तथा टुरिनका खेलहरु प्रभावित भएका छन् । इटालीको उत्तरी क्षेत्रमा यसको प्रकोप फैलिएको हो ।

 

आइतबार हुन लागेको युभेन्ट्स र इन्टरबीचको खेल समेत खाली रंगशालामा खेलाइने सम्भावना रहेको छ । 

 

च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा एटालान्टाविरुद्ध हुन लागेको खेलमा एटलान्टाको करिब २ हजार समर्थक जाने तयारीमा छन् । तर, ती समर्थकहरुलाई मेस्टालामा प्रवेश दिने या नदिनेबारेमा वहस हुन थालेको छ । 

 

आउँदो बिहीबार इन्टर मिलानले युरोपा लिग अन्तर्गत लुडोगोरेट्ससँग खेल्न लागेको खेल पनि खाली रंगशालामा खेलाइने भएको छ । इटालियन फुटबल फेडेरेसनले युईएफएसँग यसको लागि अनुमति नै लिइसकेको छ ।

 

 

चीनको साङ्घाइमा हुन लागेको फर्मुला वान् नै रद्द भएको छ । निकै ठूलो इभेन्ट अप्रिल १ मा हुन लागेको थियो । 

 

जापान हुन लागेको टोकियो ओलम्पिकका खेलहरु पनि प्रभावित हुनसक्ने आंकलन गरिएको छ । आउँदो जुलाई देखि अगष्टसम्म आयोजना हुन लागेको आलम्पिक खेलहरु सर्नसक्ने कुरा बाहिर आउन थालेको छ । 


थप समाचार

अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

  • 5 minutes ago
अष्ट्रेलियामा ९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसको संक्रमणबाट नेपालीहरु पनि अछुतो रहेका छैनन् । पछिल्लो रिपोर्ट अनुसार यो भाइरसबाट ९ जना नेपाली संक्रमित भएका छन् ।

विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

  • 9 minutes ago
विदेशमा रहेका विद्यार्थीलाई नेपालबाट रकम पठाउन सहज !

सिड्नी । कोरोना भाईरसका कारण संसार नै ठप्प जस्तो भएको बेला विदेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीका लागि सरकारले नयाँ प्रावधान जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका विद्यार्थीलाई नेपालबा

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 16 minutes ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।