भ्रष्टाचार आरोपी मिसेलद्धारा बयान दिन अस्विकार

रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ परेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् । 

बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उहाँले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिएकाे स्थानीय अधिकारीहरुले बताएका छन् । 

आफूमाथी लागेको आरोप अस्विकार गर्दै आउनु भएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो । 

प्रश्नहरुको उत्तर नदिने उनको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ । 

उनले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा विताउनु भएको अधिकारीहरुले जनाएका छन् । उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो । 

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बन्नु भएको थियो । पदमा बहाल रहेकै बेला उहाँलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका थिए । 

उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 1 hour ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 1 hour ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 1 hour ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व