यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

Education Park

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ । 

 

हामी यस्तो संसारमा बसेका छौ कि जहाँ सबैभन्दा ठुला भ्रष्ट राजनीतिज्ञहरु पनि छन् । शक्तिको आडमा डर, धम्की देखाएर कालो धन कमाउन चाहने राजनीतिज्ञहरुको ठूलै समूह छ । विश्वमा यस्ता भ्रष्टाचारको उदाहरण पनि छन, एक जनाले गरेको भ्रष्टाचार कुनै एउटा विकसित देशको एक वर्षको बजेट बराबर हुन आउँछ । ती त्यस्ता व्यक्तिगत भ्रष्टचारीहरु हुन्छन जसले देशको कानुनलाई ठाडै चुनौती दिएको हुन्छ । 

 

दुनियाँमा भएका यस्तै भ्रष्टारको अध्ययन गरेर वण्डरलिष्ट मिडियाले हालसम्मकै ठुला १० भ्रष्ट राष्ट्रपतिहरुको सूची तयार गरेको छ ।

 

१०. जोसेफ इस्ट्राडा (फिलिपिन्सका पुर्व राष्ट्रपति) 

फिल्मी करिअरमा सफलता नमिलेपछि राजनीतिमा लागेका थिए जोसेफ इस्ट्राडा । भुमीहिन जनताहरुको बारेमा वकालत गरी आफ्नो चुनावी क्याम्पिन अगाडि बढाएका उनलाई जनताले देशको पक्षमा काम गर्ने नेता ठानेर राष्ट्रपतिमा विजय गराए । तर, इस्ट्राडाले जनताको त्यो विश्वासलाई देशको पक्षमा होइन, व्यक्तिगत उन्नतिमा उपयोग गरे । बिस्तारै उनको भित्री कुरा सार्वजनिक हुँदै गएपछि जनताहरुले बल्ल थाहा पाए  उनी त राजनीतिको खोल ओडेर अर्बौ रुपैयाँ भ्रष्टाचार गरिरहेका रहेछन् । उनले ८० मिलियन अमेरिकी डलरभन्दा बढी भ्रष्टाचार गरेको आरोप प्रमाणित भएको थियो ।

 

९. आरनोल्डो एलेम्यान (निकारागुआका पुर्व राष्ट्रपति)

राष्ट्रपति जस्तो गरिमामय पदको महत्व नबझ्ने निकारागुआका ८१ औ राष्ट्रपति हुन् आरनोल्डो एलेम्यान । देशलाई अग्रगमनको बाटोमा लैजाने बाचाका साथ पदभार सम्हालेर त्यसको गलत प्रयोग गर्न कत्ति पनि हिचकिचाएनन उनी । पद भनेको पैसा कमाउनकै लागि हो भन्ने सोचेका एलेम्यानले १०० मिलियन अमेरिकी डलर भन्दा धेरै भ्रष्टचार गरेका थिए । मेअरदेखि राष्ट्रपतिसम्मको यात्रा गरेका उनले देश र जनताप्रतिको जवाफदेहिता र जिम्मेवारीबोध कहिल्यै गरेनन् । अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो । 

 

८. पाब्लो लाजारेन्को (युक्रेनका पुर्व राष्ट्रपति)

देशको नियम कानुनको खिल्ली उडाउँदै २०० मिलियन अमेरिकी डलरभन्दा बढी रकम भ्रष्टाचार गर्ने युक्रेनका पुर्व राष्ट्रपति पाब्लोले धेरै अधिकारीहरुलाई डर देखाएर आफ्नो कब्जामा राखेका थिए । १० विलियन अमेरिकी डलर रहेको प्रोजेक्टमा सरकारी अधिकारीहरुलाई डर धम्की देखाएकै भरमा उनले भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । 

 

७. अल्बर्टो फुजीमोरी (पेरुका पुर्व राष्ट्रपति)

एसियन वर्णका जस्ता देखिने अल्बर्टो फुजीमोरी चतुर राजनीतिज्ञमा गनिन्छन् । तर, उनको चतु¥याई तब पर्दाफास भयो जब उनले ६०० मिलियन अमेरिकी डलर रकम भ्रष्टाचार गरेको तथ्य बाहिर आयो । निकै रमाइलो गर्न रुचाउने फुजीमोरीको असली रुप बाहिर आएपछि सबै दंग परेका थिए । उनलाई राष्ट्रपति निर्वाचनका बेला हत्या, अपहरण गरेको आरोप पनि लागेको थियो । 

 

६. जीन क्याउडे डुबालाएर (हाइटीका पुर्व राष्ट्रपति)

डुबालाएर हरेक काममा भ्रष्टाचार नगरी सन्तुष्ट नै हुँदैनथे । हाइटीभर त्रासको माहोल खडा गरेका उनले आर्थिक क्रान्ति ल्याउँछु भन्दै राजनीति गरेका थिए । उनले आफ्नो कार्यकालमा ३०० देखि ८०० मिलियन अमेरिकी डलर रकम भ्रष्टचार गरेको अनुमान गरिएको थियो । 

 

५. सानी अबाछ (नाइजेरियाका पुर्व राष्ट्रपति)

सानी अवाछ संसारकै क्रुर तथा भ्रष्टाचारी राजनीतिज्ञमा गनिन्छन् । नगनिउन पनि कसरी । १०० वर्षसम्म नाइजेरियाका जनतालाई पुग्ने तलब करिब ५ बिलियन अमेरिकी डलर उनले भ्रष्टाचार गरेका थिए । उनको अचानक भएको मृत्युपश्चात उनकी श्रीमतिले ४ वटा सुटकेसभरी पैसा लिएर देश छोड्न लागेकी थिइन् । अबाछलाई सबैभन्दा बढी हासिमजाक गर्ने भ्रष्ट नेताको रुपमा हेर्ने गरिन्थो ।

 

४. स्लोबोडन मिलोसेभिक (युगोस्लाभियाका पुर्व राष्ट्रपति)

बिबिसी मिडियाले दिएको जानकारी अनुसार मिलोसेभिकको कार्यकालमा सबैभन्दा धेरै हाइप्रोफाइल हत्या र उक्त हत्यामा संलग्न प्रत्यक्षदर्शीहरुको पनि हत्या गर्ने कामले तिब्रता पाएको थियो । त्यही समयमा देशमा कालोबजारीले पनि प्रश्रय पाएको थियो । १०० बिलियन अमेरिकी डलर बराबरको रकम हिनामिना गरेका थिए भने देश सञ्चालनलाई नै एउटा मजाकको विषय बनाएका थिए ।  

 

३. मोबुतो सेसे सेको (जाएरका पुर्व राष्ट्रपति)

मोबुतो सेसे ५० बिलियन थ्रि मेन स्र्कोनमा संलग्न रहेको पुष्टि भएको थियो । यो तीन देशले मिलेर गरेको स्क्याम हो । जसमा  फिलिपिन्स र इण्डोनेसियाको पनि संलग्नता रहेको पुष्टि भएको थियो । यो रकम कुनै पश्चिम देशको एक वर्षको बजेट बराबरको रकम हो । सेकोले आफैलै १२ बिलियन अमेरिकी डलर बराबरको रकम भ्रष्टाचार गरेका थिए । 

 

२. फर्डिनाण्ड मार्कस (फिलिपिन्सका पुर्व राष्ट्रपति)

१४ वर्षको अन्तरालमा अन्तराष्ट्रिय साठँगाठँ मजबुत बनाई अकुत सम्पत्ति भ्रष्टचार गरेका फर्डिनाण्डले स्वयमले नै व्यक्तिगत रुपमा ५ देखि १० बिलियन अमेरिकी डलर भ्रष्टचार गरेका थिए । उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार गर्ने दोस्रो व्यक्तिमा पर्छन् । 

 

१. मोहमद सुहार्तो (इण्डोनेसियाका पूर्व राष्ट्रपति)

३० वर्षको राष्ट्रपति कार्यकालमा उनले नगरेको काम केही पनि छैन । हत्या हिसांलाई प्रश्रय दिएर अकुत सम्पत्ति आर्जन गर्न उनी खप्पिस थिए । उनी विश्वकै सबैभन्दा धेरै भ्रष्टचार गर्ने व्यक्तिको पहिलो सुचीमा पर्छन् । उनले व्यक्तिगत नै १५ देखि ३५ बिलियन अमेरिकी डलर भ्रष्टाचार गरेको पुष्टि भएको थियो । लामो कार्यकालसम्म एकोहोरो भ्रष्टाचार गर्न सफल भएका उनलाई दुनियाँकै भ्रष्टमध्येको पहिलो सूचिमा राखिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

  • 5 minutes ago
तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

अफगानिस्तान । तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् ।

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 29 minutes ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 32 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।